ताजा अपडेट »

कहाँ छौं युवा तिमी ?

सोमबार, २४ कार्तिक २०७७, १२ : ०६
18 Shares

कहाँ छौं युवा तिमी ?
देश बदल्ने शक्ति छ युवा तिमी भित्र !
नेता बदल्न सक्ने सामथ्र्य छ युवा तिमी भित्र !
तर,
अहिले कहाँ हराईरहेका छौं तिमी ?
देशभित्र, अनुशासन विहीनताले ढाकिसक्यो !
सोच र क्षमताको दृष्टिले निवृत भैसकेका नेताहरुले देशलाई बन्धक बनाई सके !
तर
अहिले कहाँ बाटो बिराउँदै छौं तिमी ?
हेर त युवा,
नेकपाका शीर्ष नेताहरुले पुर्व एमाले र पुर्व माओवादीका तमाम युवा नेता र युवा कार्यकर्ताहरुको राजनैतिक अवसान गर्दैछन !
ए, युवा नेताहरु !
युवा संघ तिमी !
युथ फोर्स तिमी !
वाइ सि एल तिमी !
अनेरास्वीयू तिमी !
अब त तिम्रो अस्तित्वमा नै प्रश्नचिह्न आइसक्यो ?
हेर्दा हेर्दै तिम्रो उमेर गैसक्यो !
लड्दा लड्दै तिम्रो सपना तुहि सक्यो !
अझै के हेर्दै छौ युवा तिमी ?
कति स्वर्णिम अवसर थियो ! तिमी र तिम्रो नेताको ! तिम्रो पार्टिको ! कार्यकर्ता र राष्ट्र्को ! दुइ तिहाइको सरकार ! २० औ बर्ष शासन स्ंचालन गर्न पाउने अवसरै अवसर !
राष्ट्रलाई स्वीजरल्याण्ड बनाउन पाउने अवसर !
राष्ट्रलाई सुन्दर बनाउन पाउने अवसर !
जनताको जीवनस्तर वृद्धि गर्ने अवसर !
जनतालाई खुशि दिने अवसर !
तर
शिर्ष नेताका निजी स्वार्थ, पदिय लोलुपताको झगडाले देश विकासको गति र जनताको अपेक्षालाई कुल्चिएको हेरिरह्यौं युवा तिमिले !
शिर्ष नेतालाई लगाम लगाउन सकेनौं युवा!
तिम्रो कैयौँ उमेर र त्याग बालुवामा पानी खसाएको भैसक्यो !
कहाँ छौं युवा तिमी ?
यहाँ पार्टीहरु बिचलन भईसके !
सोचहरु पुराना भईसके !
सिद्धान्तहरु भत्किसके !
आधार स्तम्बहरु लडिसके !
तिम्रो राजनैतिक भविष्य व्यर्थमा टुङ्गिन थालिसक्यो !
कहाँ छौं युवा तिमी ?
तिमी गलि सकेको हो र ?
तिमी हराई सकेको हो र ?
खै त तिम्रो जुलुस ?
खै त तिम्रो दवाब ?
खै त तिम्रो अगुवाई ?
कहाँ छौं यूवा तिमी ?

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।