ताजा अपडेट »

शान्ति स्थापनाका लागि नेपाली शान्ति सेना सुडानतर्फ

आइतबार, २३ कार्तिक २०७७, २१ : ५९

काठमाण्डौं । संयुक्त राष्ट्रसंघको आव्हानमा दक्षिण सुडानमा शान्ति स्थापनाका २१३ जना नेपाली शान्ति सैनिकको डफ्फा आज त्यसतर्फ प्रस्थान गरेको छ । त्यहाँ तैनाथ तारादल गणको छैठौं डफ्फालाई बदली गर्न प्रमुख सेनानी सुशील प्याकुरेलको नेतृत्वमा गोरखबहादुर गण दक्षिण सुडान गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

त्यहाँ आफनो कार्यजिम्मेवारी पूरा गरी सेनानी दीपक अर्याल नेतृत्वमा रहेको २११ जनाको शान्ति सैनिक टोली सोमबार यहाँ आइपुग्ने कार्यक्रम छ । कोभिड–१९ महामारीबीच पनि शान्ति स्थापनालाई निरन्तरता दिने नीतिअनुरुप अदलीबदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलको पालना गरिएको सेनाले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।