ताजा अपडेट »

नेकपा विवाद : ओली-नेपालबीच बालुवाटारमा छलफल

आइतबार, २३ कार्तिक २०७७, १५ : ३९
2 Shares

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा ओलीले वरिष्ठ नेता नेपालसहित स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग छलफल  गरेका हुन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला सहमतिको प्रयास स्वरुप ओलीले नेपालसँग छलफल गरेका स्रोतको भनाई छ ।

शनिबार मात्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नेपालसहित ५ जना सचिवालय सदस्यले ओलीलाई भेटेर बैठक बोलाउन लिखित माग गरेका थिए । त्यसको भोलिपल्टै ओलीले नेपालसँग गरेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।