ताजा अपडेट »

तिहारपछि खुलामञ्चमा निःशुल्क खाना वितरण बन्द गरिने

शुक्रबार, २१ कार्तिक २०७७, १७ : १२
14 Shares

काठमाडौं । तिहारपछि खुलामञ्चसहित राजधानीका खुला ठाउँमा निःशुल्क खाना वितरण बन्द गरिने भएको छ । शुक्रबार काठमाडौं महानगरपालिका र हाम्रो सानो प्रयास, हन्ड्रेड्स ग्रुप, गसिप क्वीन, हाम्रो टिम नेपाल, मानवी क्रिएटिभ एसोसियसनलगायतका अभियान–संघसंस्थाबिच भाइटीकाको भोलिपल्टदेखि सार्वजनिक स्थानमा निःशुल्क खाना नखुवाउने सहमति भएको हो ।

सहमतिअनुसार अबदेखि अभियन्ताहरुले स्थानीय पालिकाको समन्वयमा निश्चित स्थान पहिचान गर्नुपर्ने वा प्याकेटमा मात्र खाना वितरण गर्नुपर्ने छ । कोरोना भाइरसको आतंकका कारण सिर्जना भएको लकडाउनमा रोजगारी गुमाएका, मजदुर, असहाय र अशक्तलाई खुलामञ्च, पशुपतिलगायतका क्षेत्रमा अभियन्ताहरुले खाना खुवाउँदै आएका थिए ।

तर, महानगरले यसबाट संक्रमण फैलने खतरा हुने र फोहोर हुने भन्दै खाना वितरणमा अवरोध गर्दै आएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।