ताजा अपडेट »

नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सको हत्या

शुक्रबार, ०२ चैत्र २०८०, १५ : ५०
104 Shares

मोरङ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको हत्या भएको छ । सिरहा घर भएकी चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ । 

दासको कोठा अस्पताल नजिकै रहेको छ । सोही कोठाको बाथरुममा दासको शव फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको हो । यस विषयमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।