ताजा अपडेट »

अमेरिकी चुनाव : बाइडेन जीत नजिक, अदालत जाने ट्रम्पको धम्की

विहीबार, २० कार्तिक २०७७, ०७ : ४७
8 Shares

काठमाडौ । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेट उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन्।

पछिल्लो मतगणना अनुसार बाइडेनले २६४ इलेक्ट्रोल मत पाएका छन् भने राष्ट्रपति ट्रम्पले २१४ इलेक्ट्रोल मत पाएका छन्। ​ बाइडेनलाई अब जित्न आवश्यक २७ इलेक्ट्रोल मत आवश्यक रहेको छ। बाइडेनले अब दुई राज्य नेभाडा र एरिजोनामा अहिले बनाएको अग्रता कायम राखेमा निर्वाचन जित्ने भएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मत गणनामा धाधली भएको भन्दै कानुनी दाउपेचमा लागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। ट्रम्प क्याम्पेनका अधिकारीहरुले मिचिगन राज्यका कतिपय स्थानको मत गणना प्रक्रियामा आफुहरुलाई समावेश नगराएको भन्दै अदालत गएका छन्।

साथै राष्ट्रपति ट्रम्पले पोस्टल ब्यालेट (हुलाकमार्फतको मतदान) मा धाधली भएको भन्दै ति मत गणना हुन नहुने बताउदै आएका छन्। कोरोना महामारीका कारण डेमोक्रेटहरुले आफ्ना समर्थकलाई बढी भन्दा बढी पोस्टल ब्यालेटमार्फत मतदान गर्ने अभियान नै चलाएकाले पोस्टल ब्यालेटमा डेमोक्रेटहरुको मत धेरै रहेको बताइदै आएको छ।

अमेरिकामा कुल ५३८ वटा इलेक्ट्रोरल कलेज मतमध्ये जुन उम्मेदवारले २७० भन्दा बढी मत प्राप्त गर्न सक्छ उसैलाई विजयी भएको मानिन्छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।