ताजा अपडेट »

२८ वर्षिया पत्रकार बस्यालको निधन

शुक्रबार, १४ कार्तिक २०७७, २१ : ०६
10 Shares

परासी । पूर्वी नवलपरासीकी पत्रकार राधा बस्यालको शुक्रवार निधन भएको छ । बस्यालको २८ वर्षको उमेरमा शुक्रवार साँझ ५ बजे कावासोती -२ सिमलघारी स्थित आफ्नै निवासमा निधन भएको हो । सञ्चारकर्मी बस्याल विगत ३ वर्षदेखि स्तन क्यान्सरको उपचार गराउँदै आएकी थिइन् ।क्यान्सर लागेपछि उनले प्रस्तावित राधा क्यान्सर सचेतना फाउण्डेशन सञ्चालन गरी गाउँ- गाउँमा सचेतना अभियान समेत चलाएकी थिइन् ।

क्यान्सर रोगका वारेमा समुदायमा सचेतना अभियान समेत चलाउदै आएकी वस्यालले पछिल्लो समयमा आफ्नै पहलमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएकी थिइन् । बस्याल कावासोतीको मध्यविन्दु एफएममा काम गर्दै आएकी थिइन् । स्वर्गीय राधा वस्यालको शनिवार विहान अन्तिम संस्कार गरिने परिवारजनले जनाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।