ताजा अपडेट »

न कोरोना कहर ,न पर्वमा व्यस्त : युवती उत्रे बलात्कार विरुद्ध

शनिबार, ०८ कार्तिक २०७७, १३ : ५९
6 Shares

तुलसीपुर । एकातर्फ कोरोना कहर बढ्दो छ , अर्कोतर्फ नेपालीहरुको महान पर्व विजयादशमी चलिरहेको छ । संक्रमणबाट बच्न र रोक्न सरकारले जो जहाँ छ त्यही अर्थात् आ–आफ्नो घरमै बसेर मनाउन निर्देशन गरेको छ । तर, तुलसीपुरमा भने न कोरोना कहरको वास्ता न भित्रिइसकेको पर्वको तयारी केही युवतीहरु यी दुबैको प्रवाह नगरी बलात्कार विरुद्ध प्रदर्शनमा उत्रे ।

शुक्रवार तुलसीपुरमा ४० जना भन्दा बढी युवतीहरुले कालो पहिरन सहित आखाँमा कालो पट्टि बाधेर उनीहरुले हामी चुप कहिले सम्म ? ‘यो हो बलात्कारी, यो दमनकारी राज्य, हो बलातकारी’ भन्दै प्रर्दशन गरेका थिए । तुलसीपुरको अरनिको मैदानबाट शुरु गरेर तुलसीपुरको विभिन्न चोक परिक्रममा गरी विरेन्द्र चोकमा प्रदर्शन गरेका थिए ।

दिनप्रति दिन बढ्दै गइरहेको बलात्कार जस्तो जघन्य अपराधका घटना न्युनिकरणमा सरकारले चासो नदिएको भन्दै सरकार बिरुद्ध उनीहरुले प्रदर्शन गरेका हुन् । बलात्कारका घटना न्यूनिकरणका लागी सबै भन्दा पहिले बनेका कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन जरुरी भएको प्रदर्शनमा सहभागी दक्षिणा वलीले बताइन् ।

त्यसैगरी उनले बलात्कारीलाई मृत्युदण्ड दिएर मात्र यस्तो अपराध नरोकीने भन्दै बलात्कार हुनबाट रोक्नु पर्ने बताइन् । ‘झुण्ड्याएर मृत्यु दण्ड दिए, एक जनाको मृत्यु हुने हो,’ उनले भनिन्,‘ तर यसको समाधान यो होइन् । बरु उनीहरुलाई आजिवन काराबास सजाएको ब्यवस्था हुनु पर्दछ । बलात्कार अन्त्य मृत्यु दण्ड दिएर हुन सक्दैन् ।’

त्यसैगरी अर्की विन्दु राईले दिन प्रतिदिन बलात्कारका घटना बढ्दै जादा पनि सरकारले ठोस कदम चाल्न नसक्नु दुखद् भएको बताइन् । त्यसैगरी राज्य आफुसँग भएको महशुस गर्न सक्ने वातावरण बनाउन समेत आग्रह गरिन् । त्यस्तै अर्की स्वीकृती डाँगीले बलात्कारका घटना न्युनिकरणका लागी सबै भन्दा पहिले बनेका कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन जरुरी रहेको बताइन् । पछिल्लो समय देशका विभिन्न स्थानमा बलात्कार जस्ता जघन्य अपराध भइरहेको हुदाँ त्यसको अन्त्यको लागी आफूहरु सडकमा आएको बताइन्

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।