ताजा अपडेट »

विद्यार्थी नेता घर्तीद्वारा जन्मदिनमा दुबै मृगौला पीडितलाई सहयोग

विहीबार, २९ असोज २०७७, १८ : ४३
4 Shares

बुटवल । दुबै मृगौला फेल भएका ३० वर्षिय लाल बहादुर बि.क.लाई युवा नेता प्रदिप घर्ति मगरले आफ्नो जन्मदिनको अवसरमा खाद्यान्य सहयोग गरेका छन् । पीडित लाल बहादुर गुल्मी चन्द्रकोट ७ रुपाकोट स्थायी घर भइ बुटवलको देवीनगरमा बस्दै आएका छन् ।

बि.क.को विगत ५ वर्ष अघि मृगौला फेल भई बिगत ३ वर्षदेखि सिद्धर्थ नगर सिटि हस्पिटल बुटवलमा डाइलासिस गर्दै आएका छन् ।उनको परिवारमा श्रीमती र एक छोरी रहेकी छन् । परिवारको मुख्य व्यक्ति नै बिरामी भएपछी आफ्नो जीविकोपार्जन नै कठिन भएको श्रीमतीले बताइन । उनीहरुलाई नजिकबाट सहयोग गर्दै आइरहेका छिमेकी तानसेन नगरपालिका वार्ड नम्बर १० का उम्मेदवार खुम बहादुर कार्कीले सहयोगी हातहरुलाई आग्रह गरि निरन्तर सहयोग गरेको बताए।

नेपाल मगर विद्यार्थी संघ लुम्बिनी प्रदेश अध्यक्ष एवं नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस इकाई सचीव प्रदीप घर्ती मगरले जन्मदिनको अवसरमा केक काटेर जन्म दिन मनाउने खर्चले दुःखि पिडितलाई सहयोग गर्न अन्य सबैलाई आग्रह गरे । आफुले गरेको सहयोगले केहि हदसम्म भए पनि सहयोग पुग्ने र अरुका लागि प्रेरणाको स्रोत बन्न सक्ने बिश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ निबर्तमान केन्द्रिय उपाध्यक्ष तथा मगर बिधार्थी संघ पुर्ब केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रकाश राना मगर, नेपाली कांग्रेस जिल्ला सदस्य तथा प्रदेश सभा उम्मेदवार बिष्णु पोखरेल, नेपाल मगर बिद्यार्थी संघ पुर्व केन्द्रिय सचिव तेजु राना, नेपाल मगर बिद्यार्थी संघ केन्द्रिय सदस्य मनिष फाल मगर, नेपाल घरबाहल केन्द्रित सदस्य शिवराज पोख्रेल, युवा जागरण अभियान पाल्पा सचिव रमेश सारु र स्थानिय जनप्रतिनिधिहरु उपस्थित थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।