ताजा अपडेट »

रुपन्देहीको रोहिणी गाउँपालिकाका आगलागी पीडितहरुलाई लत्ताकपडा वितरण

सोमबार, २४ बैशाख २०८१, १४ : ३५
134 Shares

भैरहवा।रुपन्देहीको रोहिणी गाउँपालिकाका आगलागी पीडितहरुलाई लत्ताकपडा वितरण गरिएको छ । क्लोथ एण्ड फूड बैंक, नेपालले जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वयमा सोमबार ८६ घरधुरीलाई कपडा वितरण गरिएको संस्थाका अध्यक्ष कमल जि।सी।ले बताए । उनले भने, ‘उक्त घरपरिवारमा बालबालिका गरी प्रत्येक सदस्यहरुलाई २र२ जोर कपडा पुग्ने गरी वितरण गरेका छौं । अघिल्लो हप्ता रोहिणीमै कपडा बैंक स्थापना गरिएको छ ।’ उनले २०८२ सालसम्म सातवटै प्रदेश अन्तर्गत मुख्य बसपार्कमा विद्युतीय सवारीसाधनमा फूड एम्बुलेन्स सञ्चालन गर्ने बताए ।


रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आगलागीबाट ९८ वटा घरमा क्षति पुगेको बताए । उनका अनुसार ५२ वटा घरमा पूर्ण रुपमा क्षति भएको छ । उनले भने, ‘वडा नम्बर ४, ५ र ६ का ९ स्थानमा आगलागी भयो । आगलागी नियन्त्रणपश्चात तत्कालै स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसेर भोलिपल्ट नै आगलागी पीडितहरुलाई खाद्यान्न तथा नगद वितरण गरेका थियौं । ’ आगलागी पीडितहरुलाई स्थानीय सरकारबाट सक्दो राहत प्रदान गर्नुका साथै प्रदेश र संघीय सरकारसँग पहल भइरहेको अध्यक्ष यादवले बताए ।


रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आगलागीबाट रुपन्देहीका ७ वटा पालिकामा १५५ देखि १७५ वटा घर पूर्ण रुपमा र २५० वटा घरमा आंशिक क्षति भएको बताए । रोहिणी गाउँपालिकामा आगलागीबाट धेरै क्षति पुगेको उनले बताए । उनले आगलागी भएपछि जिल्ला व्यवस्थापन समिति घटनास्थलमा पुगेर क्षतिको मूल्यांकन गरी पीडितलाई क्षतिको आधारमा ‘क’ र ‘ख’ वर्गमा विभाजन गरी सम्बन्धित पालिकाको सिफारिसमा १५ देखि २० हजार नगद प्रदान गरिएको जानकारी दिए । उनले आगलागीको घटना भएको ४८ घण्टाभित्र पूर्ण क्षति भएका घरमा नगद राहत वितरण गरिएको बताए । उनले भने, ‘अबको ५ दिनभित्र आंशिक क्षति भएका घरमा राहत वितरण गरिनेछ । ’ जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर क्लोथ एण्ड फूड बैंक, नेपालले कपडा वितरण गरेको उनको भनाइ थियो । प्रजिअ अर्यालले भने, ‘निराश नहुनुहोला । परिस्थितिले घर जलेको छ । नगदसँगै आवश्यक खाद्यान्न पनि वितरण गरिनेछ । सरकार तपाईहरुसँगै छ । ’

रोहिणी–५ स्थित प्रहरी चौकी पिप्रहवामा भएको राहत वितरणमा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मनोहर प्रसाद भट्ट, रोहिणी–४ का वडाअध्यक्ष तारानाथ यादव, ५ का अध्यक्ष घनश्याम सिंह क्षेत्री, ६ का अध्यक्ष इन्द्रमान चौधरी, वडा सदस्यहरु, सशस्त्र प्रहरी, स्थानीयबासीलगायतको उपस्थिति रहेको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।