ताजा अपडेट »

चीनलाई चियाउँदा

सोमबार, २४ बैशाख २०८१, १३ : ५८
150 Shares

विष्णु घर्ती ‘भनभनेली/

सेमिनारको साइत 
२५ वर्षसम्मको सरकारी सेवा अन्तरगत लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहदा २०८० कार्तिकमा चीन भ्रमणको सुअवसर प्राप्त भयो । २ हप्ते सेमिनार फर विजनेस लिडरको उक्त अवधिमा चीनको राजधानी बेइजिङ र सञ्चार प्रविधिको नमूना सहर सेन्झेन प्रान्तको अवलोकन गरियो । त्यहाँ गरिएका विकास निर्माण र प्रगतिको बारेमा प्रत्यक्ष रूपमा देख्न र भोग्न पाइयो । त्यहाँबाट फर्किएपश्चात उक्त क्षेत्रहरूको बारेमा खोजवीन गर्ने क्रममा निम्न विषयहरू फेला पारियो । 

बेजोड बेइजिङ 
उत्तरी चीनमा अवस्थित चीनको राजधानी बेइजिङ दोस्रो ठूलो तथा ऐतिहासिक महत्त्वपूर्ण सहर हो । कला, संस्कृति र सभ्यताको केन्द्रसमेत रहेको पाँच हजार वर्षको इतिहास बोकेको यो सहरमा परम्परा र आधुनिकताको सङ्गम तथा संमिश्रण रहेको छ । केन्द्रीय राजनीतिको केन्द्र बेइजिङले आफ्नो परम्परागत मूल्य र मान्यतालाई बचाउँदै आधुकितालाई पनि आत्मसात गरेको छ । दुई करोड २० लाखभन्दा बढी जनसङ्ख्या भएको बेइजिङ विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्रिय राजधानी र साङ्घाईपछि चीनको दोस्रो ठुलो सहर हो । १६ सहरी, उपनगरीय र ग्रामीण जिल्लाहरूको साथ राज्य परिषदको प्रत्यक्ष प्रशासन अन्तर्गत एक नगरपालिकाको रूपमा शासित छ । यो सहरले कुल राष्ट्रिय आयमा ११।६ प्रतिशत योगदान पुर्‍याएको छ । विदेशी लगानी खुला गरिएपछि विश्वका ख्याति प्राप्त २६ वटा बहुराष्ट्रिय कम्पनी यहाँ कार्यरत छन् । 

बेइजिङ संस्कृति,  कूटनीति, राजनीति, वित्त, व्यापार र अर्थशास्त्र, शिक्षा, अनुसन्धान, भाषा, पर्यटन, सञ्चार, खेल, विज्ञान र प्रविधि र यातायात र कलाको लागि विश्वको अग्रणी केन्द्रहरू मध्ये एक हो । यो राष्ट्रिय राजमार्ग, द्रुतमार्ग, रेलवे र उच्च गतिको रेल नेटवर्कको लागि एक प्रमुख केन्द्र पनि हो। बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल, बेइजिङको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, विश्वको सबैभन्दा ठुलो एकल(संरचना विमानस्थल टर्मिनल हो । सहस्राब्दी इस्वीको अधिकांश समय जनसङ्ख्याको आधारमा विश्वको सबैभन्दा ठूलो सहर थियो । पुरानो भित्री र बाहिरी सहरको पर्खालका अतिरिक्त तीनतिरबाट अन्तर्देशीय सहर वरिपरिका पहाडहरूको साथ, बेइजिङ रणनीतिक रूपमा तयार थियो र सम्राटको निवासको रूपमा विकसित भएको थियो र यसैले शाही राजधानीको लागि उत्तम स्थान थियो । यो सहर यसको भव्य महलहरू, मन्दिरहरू, सार्वजनिक उद्यानहरू, बगैँचाहरू, चिहानहरू, पर्खालहरू र ढोकाहरूको लागि प्रसिद्ध छ ।

द ग्रेट वाल 
चीनकै शान माटो र ढुंगाबाट बनेको एउटा विशाल पर्खाल हो¸ जसलाई चीनका विभिन्न शासकहरूद्वारा उत्तरी शत्रुहरूबाट रक्षाको लागि ईसापूर्व ५ औँ शताब्दीदेखि ईसापूर्व १६ औँ शताब्दीको मध्यमा बनाइएको मानिन्छ । यो विशालकाय पर्खाल इशापूर्व ६५६ मा बाह्य आक्रमणबाट बच्नका लागि चू राज्यका राजा चङले सर्वप्रथम सुरक्षाको कारण निर्माण गराएका थिए । उनले निर्माण सुरु गरेको उक्त पर्खालको विभिन्न समयका राजा महाराजाहरूले थप्दै जोड्दै लम्बाई बढाउदै लगेर आज पर्खालको संरचना यस्तो आइपुगेको छ । सन् १९८७ मा विश्व सम्पदा सूचीमा समावेश भएको चीनको ग्रेटवाल यस्तो ऐतिहासिक तथा सांस्कृतिक वास्तुकलाको नमुना हो जसले हालसम्म पनि संसारका अधिकांश मानिसहरूलाई आकर्षण गरिरहेको छ । यो ग्रेटवाल संसारको सातौ आश्चर्यमध्येको एक पनि हो ।

स्वर्गको मन्दिर 
मध्य बेइजिङको दक्षिणपूर्वी भागमा अवस्थित शाही धार्मिक भवनहरूको एक उत्तम संरचना रहेको छ द टेम्पल अफ हेवन । यस स्वर्गको मन्दिरलाई १९९८ मा विश्व सम्पदा स्थलको रूपमा अंकित गरिएको थियो । ूस्वर्गको मन्दिरको प्रतीकात्मक रूपरेखा र डिजाइनले धेरै शताब्दीहरूमा सुदूर पूर्वको वास्तुकला र योजनामा गहिरो प्रभाव पारेको थियो ।ू मन्दिर परिसर १४०६ देखि १४२० सम्म मिङ वंशका योङ्गल सम्राटको शासनकालमा निर्माण गरिएको थियो । १६ औं शताब्दीमा जियाजिङ सम्राटको शासनकालमा परिसरलाई विस्तार गरी स्वर्गको मन्दिरको नामकरण गरिएको थियो । स्वर्गको मन्दिर १८ औं शताब्दीमा क्वीङ्लङ् सम्राटको पालामा पुनर्निर्माण गरिएको थियो । मन्दिर दोस्रो अफिम युद्धको समयमा एंग्लो(फ्गठबन्धनले कब्जा गरेको थियो । मन्दिर परिसरको उपेक्षाले पछिल्ला वर्षहरूमा धेरै हलहरू भत्काइयो । १९१८ मा मन्दिरलाई पार्कमा परिणत गरियो र पहिलो पटक जनताको लागि खुला गरिएको थियो ।

शेनझेन सहर 
चीनको गुआङ्गडोङ्ग प्रान्तको मुख्य शहरहरू मध्ये एक हो । शेनझेन शहर चीनको विशेष प्रसाशनिक क्षेत्र हङ्गकङ्गको उत्तरमा अवस्थित रहेको छ । पहिला शेनझेन कोउलुनदेखि क्यानटन रेलमार्गको बिचको ३०,००० जनसङ्ख्या भएको सानो बजारी इलाका थियो भने यस क्षेत्रलाई सहरको दर्जामा सन् १९७९ मा स्तरोन्नति गरिएको थियो । सन् १९८० मा यस सहरलाई चीनको पहिलो विशेष आर्थिक क्षेत्रको रूपमा तोकियो । सन् १९९० तथा २००० को दशकमा सबैभन्दा छिटो विकास भएको शहरहरू मध्ये शेनझेन पनि एक हो । हालका मेयर झु किन हुन् । शेनझेन क्षेत्रमा मानिसको बसोवास पुरातन समयदेखि नै रहेको देखिन्छ । हालसम्म भेटिएको सबैभन्दा पूरानो पुरातात्त्विक अवशेषहरू करिब ५ हजार वि.सि.को रहेको अनुमान लगाइएको छ । यहाँको क्षेत्रफल २०५० किमी   ९७९० वर्ग माइल० रहेको छ । शेनझेन पर्ल नदीको छेउमा अवस्थित छ । शेनझेनको मातहतमा आठ प्रसाशनिक जिल्लाहरू तथा दुई नयाँ जिल्लाहरू पर्दछन् ।

द्रुत गतिमा दूरसञ्चार
चीन विश्व व्यापार सङ्गठनमा डिसेम्बर ११, २००१ मा प्रवेश गरेसँगै विदेशी कम्पनीहरूमा दूरसञ्चार सेवाको बजार पनि क्रमिक रूपमा खोलिएको थियो । चीनमा निश्चित लाइन र मोबाइल सञ्चालकहरूले गत वर्ष सञ्जाल पूर्वाधारमा औसत २ अरब अमेरिकी डलर लगानी गरेका छन्, जुन सबै पश्चिमी युरोपेली सञ्जाल सञ्चालकको संयुक्त लगानीभन्दा बढि हो । फलस्वरूप, चीनसँग हाल  हुवावे र जेडटिइको नेतृत्वमा रहेका तिव्र रूपमा बढ्दो चिनियाँ उत्पादकहरूले दक्षिण अमेरिका, दक्षिण पूर्व एसिया र अफ्रिकी देशहरूतर्फ आफ्नो ध्यान केन्द्रित गरेका थिए जसले गर्दा व्यापार अवसर र बढ्दो चीनमा आफ्नो बजार शेयर बढेको छ । 

हामी पनि सञ्चारका क्षेत्रमा धरै माथि पुगेका छौ भनी एकआपसमा गौरवका कुरा गर्दछौँ । पछिल्ला दुई दशकलाई हेर्दा प्रफुल्लित हुनु त्यति बेठिक त पक्कै होइन । चीनमा दूरसंचारका लागि गरेको लगानी र प्राप्त उन्नतिलाई हेर्दा हामीकहाँ एक चौथाई पनि गर्न सकेको जस्तो लाग्दैन । उता अधिकतम सदुपयोगको चिन्ता छ भने यता दुरुपयोगको दुर्गन्ध छ । यस क्षेत्रका माध्यमबाट हाम्रो गतिलाई पनि बढाउँदै पहिचान कायम गराउनुको उत्तम विकल्प अन्य कुनै देखिदैन ।

सिक्नुपर्ने सिकाई
मानव समाजको इतिहासमा सम्भवतः सबभन्दा बढी पूर्वाधार विकास गर्न सफल देश भएकोले आफूले सिकेका पाठ अरूलाई सम्प्रेषण गर्ने कार्य गरिरहेको छ । सन् १९७८ देखि जनवादी गणतन्त्र चीनमा एउटा युग थालनी भयो । जसलाई सुधार र खुलापनको युग भनिन्छ । सुधार र खुलापनको युगमा पदार्पण गरेयता चीनले आफ्ना वरपर संसारका धेरै आयाम देख्यो र त्यसबाट सिक्ने प्रयत्न गर्‍यो । यही युगमा धेरै प्रकारका विचार चीनमा आयात गरियो । ‘बृहत् सिकाइ’ को अवधि भनिने यो समयमा चीनका राजनीतिज्ञ, प्राज्ञ, व्यापारी र अरू तह र तप्काका मानिस संसारभर फैलिएर आफ्नो देशका लागि उपयोगी हुने काम सिके । जर्मनी र जापानबाट विचार तथा अमेरिका र युरोपबाट प्रविधि सिके । यसरी हालको चीन भएर विश्वसामु उभिएको हो ।

चीनले आफुलाई अझै विकासोन्मुख मुलुक भने तापनि त्यहाँको विकास र प्रगति हेर्दा विकसित भनी घोषणा गर्न मात्र बाँकी हो भन्ने लाग्दछ । त्यसैले विकासको नमूना बनिरहेको यस देशमा श्रमको सम्मान र अधिकतम प्रविधिको प्रयोग गरेको पाइन्छ । सामुहिकताको सन्देश, कर्ममा विश्वास र सहयोगी भावनाको विश्वविद्यालय नै भनी मान्न सकिन्छ । साथै सामाजिकताको सिकाई केन्द्रका रूपमा पनि सहजै लिन नसकिने होइन ।-(घर्ति रुपन्देहीको शुद्दोधन गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत हुन् ।)
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।