ताजा अपडेट »

चाडबाडमा बृद्धबृद्धा कसरी जोगाउने ?

शुक्रबार, २३ असोज २०७७, २० : ५७
6 Shares

केही दिनपछि बिगतका बर्षहरुमा जस्तै सार्वजनिक सवारी साधनमा ठेलमठेल हुँदै शहरबाट गाउँ जानेहरुको ताती लाग्नेछ । गाउँमा जोखिमयुक्त जनसंख्या (बुढाबुढी र केटाकेटी ) को बाहुल्यता छ । सङ्क्रमण तिब्र फैलिइरहेको अवस्थामा न औषधि छ,न अस्पतालमा बेड छ, न आइसोलेसन वार्ड छ, न पिसिआर छ, न प्रयाप्त सवारी साधन चल्दछ्न् ।

अझै गाउँहरु सिटामोल किन्न नपाइने अवस्थामा छ्न् । चाडबाडले सुरक्षा सतर्कता बिर्साउने छ, सामाजिक दुरि नजिकिदै आत्मियता र झनै निकटतामा रुपान्तरण हुनेछ । गाउँ जाने मानिसहरु सबै पिसिआर गराएर सतर्कता र स्वास्थ्य सुरक्षा मापदन्ड सहित गाउँ पस्ने सम्भावना शून्य प्राय देखिन्छ। जोखिमयुक्त जनसंख्यामा पर्ने बृद्धअबश्थाका ब्यक्तिहरुको रोग प्रतिरोधात्मक क्षमता आफैमा कमजोर छ ।

त्यसैमाथी तिनै बृद्धहरुबाट आशीर्वाद लिनुपर्ने र नजिकिनुपर्ने अनिवार्य कल्चर छ । यस्तो अवस्थामा चाडपर्बको रमाइलोले इटली जस्तो भयाबह अवस्था निम्त्याउन सक्ने र एकैचोटी दशौ लाख ब्यक्तिहरुमा सङ्क्रमण फैलिन सक्ने खतरा रहन्छ । तसर्थ, यसपालिको चाडपर्वहरु मनाउने सन्दर्भमा गम्भीरता पुर्बक सोच्ने र यसबारेमा सरकारले समयमै प्रभावकारी कदम चाल्दा उपयुक्त होला भन्ने मेरो ब्यक्तिगत बिचार छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।