April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

२२५३ जनामा कोरोना संक्रमण, १३२९ संक्रमित डिस्चार्ज

1.2K

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप २२५३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी २२५३ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८६ हजार ८२३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १३२९ जना रहेका छन् भने कुल निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । यस्तै कोरोनाबाट थप ७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

पछिल्लो अपडेट