ताजा अपडेट »

तिनाउ २ मा नेकपाको गतिविधिलाई क्रियाशिल बनाउन आह्वान

शुक्रबार, १६ असोज २०७७, १० : ५४
12 Shares

तिनाउ । नेकपा तिनाउ गाउँ कमिटी २ नम्बर वडाको नियमित बैठक विहिवार दोभानको अविरल पार्कमा भएको छ । तिनाउ गाउँ कमिटीका अध्यक्ष राजेश श्रेष्ठले पार्टीले विकास निर्माणका सवालमा गरेको प्रयास सम्बन्धमा प्रकाश पारेका छन् । उनले तिनाउमा पार्टीको गतिविधिलाई सक्रिय बनाउन प्रयास गर्नुपर्ने बताए ।

तिनाउ पार्टी सचिव दलबहादुर गुरुङले तिनाउमा पार्टीले गरेका गतिविधि एवम् कार्यक्रम र कार्यकर्ताहरुलाई पार्टीको सम्बन्धमा प्रशिक्षण गरेका छन् । उनले स्थानीयस्तरका पार्टीका कार्यकर्तालाई आफ्नो क्षेत्रमा पार्टीको कार्यक्रम गर्न समेत अनुरोध गरे । सो कार्यक्रममा युवानेता प्रेम श्रेष्ठ, लक्ष्मण तापा, दिनेश जीसीले संगठन सुदृढीकरण गर्नका लागि पहल गर्नुपर्ने बताए । पार्टीका स्थानीय कार्यकर्ता अमरसिह भण्डारी, चन्द्रबहादुर क्षेत्री, रामबहादुर दर्जी, हरिबहादुर विक, छबिलाल खत्री, जीतबहादुर सोमै, पदम गाहा, चट्टान, चेतमान घम लगायतले पार्टीका सन्दर्भमा प्रकाश पारेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।