ताजा अपडेट »

सामरीले बगाउँदा दम्पतीको मृत्यु

आइतबार, ११ असोज २०७७, १६ : ०७
4 Shares

वाग्मती : मकवानपुर  जिल्लामा खोलाले बगाउँदा  एक दम्पतीको आज मृत्यु भएको  छ ।मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पतिपत्नीको मृत्यु भएको हो ।

मकवानपुरगढी –६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार र उनकी पत्नी तुलसाको बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मकवानपुर गढीका प्रहरी नायब  उपरीक्षक कृष्ण केसीले जानकारी दिए।  

उनीहरुलाई खोलाले बगाएर ६० फिट तलसम्म पुर्याएको थियो । यसअघि मकवानपुरका विभिन्न स्थानमा खोलामा शनिबार डुबेर तीन जनाको मृत्यु भएको  थियो ।  केही दिनयता परेको अविरल वर्षाले मकवानपुरका विभिन्न खोलामा पानीको वहाब तीव्र छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।