ताजा अपडेट »

लागूऔषधसहित दाङमा श्रीमान श्रीमती पक्राउ

शनिबार, १० असोज २०७७, ११ : ४८
8 Shares


तुलसीपुर । दाङमा तुलसीपुरस्थित ग्रुमाह चौकबाट पाँच किलो लागुऔषध अफिमसहित रोल्पाका दुईजना श्रीमान/श्रीमती पक्राउ परेका छन् ।

तुलसीपुरस्थित ग्रुमाह चौकबाट रोल्पा साबिक थवाङ गाबिस वडा नम्बर ५ बस्ने बर्ष ४६ को कर्मकुमार बुढा र उनकै श्रीमती बर्ष ४६ की राजकुमारी रोका पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुलाई विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा शुक्रबार करिब राती ८ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

अहिले उनीहरुलाई लागूऔषध मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको खड्काले बताए । अहिले उनीहरुलाई लागूऔषध मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको खड्काले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।