१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

साङ्केतिक तस्वीर

गुल्मी । अविरल वर्षाका कारण गुल्मीको तम्घास–रिडी सडक खण्ड अवरुद्ध बनेको छ । विगत तीन दिनदेखि परेको भारी वर्षाका कारण तम्घास– रिडी सडक खण्डअन्तर्गत रेसुंगा नगरपालिका– १२ को उर्लेनी र रुरुक्षेत्र गाउँपालिका–३ पानीट्याँकीमा सडक माथिबाट पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो । अहिले सडक खुलाउने काम भइरहेको छ ।

त्यसैगरी रिडी–रुद्रवेणी–वामीटक्सार सडक खण्डअन्र्तगत सत्यवती गाउँपालिका–४ नादेवा, वडा नं ५ बाँदरेभीर र वडा नं। ६ डहरेलगायत स्थानमा पहिरो खसेपछि आज बिहानदेखि सो सडक अवरुद्ध बनेको छ । यस्तै रिडी–खज्र्याङ्ग र तम्घास–इन्द्रेगौंडा सडक पनि बिहानैदेखि अवरुद्ध बनेको छ । रिडी–खज्र्याङ्ग सडक खण्डअन्र्तगत मनबाग र मुसिकोट नगरपालीका– ३ स्थित भन्ज्याङ्गमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । अवरुद्ध सडक खुलाउने काम भइरहेको छ । पानी परिरहेका कारण पहिरो हटाउन समस्या भइरहेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।

सडक अवरुद्ध बनेपछि गुल्मीदेखि पाल्पा–बुटवल आवतजावत गर्ने यात्रु थप समस्यामा परेका छन् । लगातारको वर्षाका कारण गुल्मीका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय उपमेयर डंगोलको निर्देशन: आकाशे पुल तत्काल मर्मत गर्नु, बार घटाएर पारदर्शी बनाउनू भूमि आयोगको सूचनापछि काठमाण्डौंमा थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय पहाडी क्षेत्रमा बदलीको सम्भावना सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित) देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल दाङमा चार महिनामै थपिए करिब तीन सय उद्योग, ६१ करोड बढीको पूँजी लगानी भैरहवामा मंसिर १८ देखि अन्तर विद्यालय टि-२० क्रिकेट अमरज्योतीको १४ औं वार्षिक साधारणसभा तिलोत्तमाको मेलामा दर्शकको चाप बढ्दै, शनिबार मात्रै ५० हजारले अवलोकन गरेको दाबी ‘परदेशको पसिनाको उचित प्रतिफल निकाल्न राज्यको ध्यान जानुपर्छ’ बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली डुब्न थालेपछि रुपन्देहीका सहकारीहरु एक ठाउँमा, संकट टर्नेमा अभियान्ताहरुकै आशंका कमल थापाको पार्टीलाई समानुपातिकतर्फ कुन प्रदेशमा कति मत ? सरकार गठनबारे सबै विकल्पमा खुला राख्ने माओवादीको निर्णय विवाहमा रक्सी पिएर फर्किदा लडेर ४७ वर्षीय देव रावतको मृत्यु यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक