ताजा अपडेट »

कपिलबस्तुमा विद्युत प्राधिकरणको गाडी बाढीले बगायो, १ जनाको मृत्यु, २ बेपत्ता

बुधबार, ०७ असोज २०७७, १८ : ३१
8 Shares

बुटवल । कपिलबस्तुमा विद्युत प्राधिकरणको गाडी बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएको छन् । वाणगंगा नगरपालिका–७ मा कोइली खोलाले जिनुवाबाट विद्युत मर्मत गरी फर्कियोको बा १ ञ १०८९ नम्बरको गाडीलाई बुधबार बगाउँदा १ जनाको मृत्यु भएको हो।

सोही गाडीका चालक गुल्मीको रेसुङ्गा नगरपालिका–५ का ३५ वर्षीय माधव पाण्डेको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ भने विद्युत प्राधिकरण कपिलबस्तुका शाखा प्रमुख ५२ वर्षीय कृष्ण प्रसाद पौडेल र अर्घाखाँचीको सितगंगा नगरपालिका–१३ का ६२ वर्षीय जित बहादुर भाट क्षेत्री बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उक्त गाडीमा ६ जना रहेको र ३ जना पौडी खेलेर बँच्न सफल भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।