२४ मंसिर २०७९, शनिबार

Dec 10, 2022

जुम्ला । सदरमुकाम खलङ्गा विगत लामो समयदेखि पूर्णरूपमा लोडसेडिङमा छ । भारतीय ठेकेदारले विद्युत्गृहमा जडान गरेको उपकरण वारेन्टी समयवधि नसकिँदै पटकपटक बिग्रिएपछि विगत दुईहप्तादेखि खलङ्गा पूर्णरूपमा अँध्यारो भएको हो ।

Advertisement

पहिला एक दिन आउने एक दिन नआउने गरिरहेको बत्ती दुई सातादेखि आउनै छाडेपछि उद्योगी व्यवसायी आक्रोशित भएका छन् । लकडाउन र बन्दाबन्दीले छ महिनादेखि आम्दानी गुमेको बेला बन्दाबन्दी खुल्दा बत्ती नभएर दोहोरो मारमा परेको उद्योगी व्यापारीको भनाइ छ । करिब तीन हजार ३०० उपभोक्ता दैनिक टुकी र मैनबत्ती बालेर गुजारा चलाइरहेका छन् ।

मङ्गलबार जुम्लाका उद्योगी व्यापारीले विद्युत् आपूर्ति गर्न एक हप्ते ‘अल्टिमेट’ दिएका छन् । व्यपारीहरूले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुखलाई जुम्लामा सोमबार अपराह्न ध्यानाकर्षण पत्र बुझाएका हुन् । उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष रज्जबअलि मनिहार, नेपाल घरेलु तथा सना उद्योग महासङ्घ जुम्लाका अध्यक्ष रामकृष्ण चौलागाईँ, नागरिक समाजका अध्यक्ष राजबहादुर महतद्वारा हस्ताक्षरित ज्ञापनपत्र प्राधिकणमा बुझाइएको हो ।ज्ञापनपत्रमा प्राधिकरण आउनुपहिले उपभोक्ता समितिले गरेको आर्थिक गतिविधिको सार्वजानिक सुनुवाइ हुनुपर्ने, एक हप्ताभित्र नियमित बत्ती आउनुपर्ने लगायतका विषय उल्लेख गरिएको छ ।

यता नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता समितिले जडान गरेको उपकरणमा प्राय समस्या आइराख्ने गरेकाले उपभोक्ताको माग अनुसार विद्युत् आपूर्ति गर्न नसकिएको बताएको छ । उपकरणको पिएलसी सफ्टवेयरमा आएको समस्याका कारण खलङ्गामा भएको लोडसेडिङलाई कम गर्न प्राधिकरणको सिङ्गो टिम लागि परेको प्राधिकरणका जुम्ला प्रमुख गौरव पाण्डेले बताए । उनले भने, “आम सरोकारवालाको सहयोग पाएको खण्डमा आउने तीन÷चार महिनाभित्रै राष्ट्रिय प्रसारण लाइन जुम्लामा जोड्न सकिने अवस्था छ ।”

प्रतिकृया दिनुहोस्

Flash News

अमलेखगञ्जमा पेट्रोल ट्याङ्की निर्माण हुने, ग्यास पाइप विस्तार गर्न परामर्श कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज हाेराइन जिबिएस स्कुल ड्राइभरटाेलमा डान्स आइकन र ट्यालेन्ट हन्ट तिलोत्तमामा जारी प्रथम टोल स्तरीय सेभेनए साइड फुटबलमा आज फाइनल खेल हुँदै महिलासहित २७ जनालाई सार्वजनिक स्थलमा कोर्रा पाल्पामा भएको दुर्घटनामा रुपन्देहीका ३४ वर्षीय युवाको मृत्यु आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहा गर्नुपर्ने नागरिक उन्मुक्ति पार्टीको सर्त राजधानीको विषयलाई लिएर राजनीति होइन प्रदेशसभाको निर्णय कार्यान्वयन गर्न सहयोग गर्नुहोस्: मुख्यमन्त्री केसी तिलोत्तमा मेला : कुस्तीमा नेपालकै पहलमान विजयी, शनिबारदेखि ब्याडमिन्टन प्रतियोगिता हुँदै राजनीतिले धरापमा पर्यो नेपालकको खेलकूद : केन्द्रिय उपाध्यक्ष श्रेष्ठ टरिगाउँ विमास्थलको डिपोमा हवाई इन्धन भरेको ६ महिनापछि रिफिल सेवा सञ्चालनको तयारी बुटवलमा सम्पन्न ११ औं एभरेष्ट वादविवादको उपाधि नव ज्योतिका पाठकलाई विश्वकपका अतिथिलाई खाना खुवाउँछन् नेपालका विनोद, धेरैको रोजाई माछा र तारेको आलु बुटवलको नरैनापुर विद्यालयमा शैक्षिक सुधारसँगै विद्यार्थीको आकर्षण तिलोत्तमा सहकारीद्वारा रक्तदान, ५२ यूनिट संकलन अन्तरविद्यालय क्रिकेटः लुम्बिनी र शान्ति नमूना फाइनलमा संसद सचिवालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश राजनीतिक दलहरुले निर्वाचनमा महिलामाथि व्यापक विभेद् गरेः आयोग आर्थिक क्षेत्र चलायमान बनाउने नयाँ सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री खाँण