ताजा अपडेट »

भारतमा कोरोना संक्रमितको संख्या ५५ लाख नाघ्यो

मंगलबार, ०६ असोज २०७७, १२ : ५३
6 Shares

काठमाडौँ । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ५५ लाख नाघेको छ । वर्ल्डोमिटरका अनुसार मंगलबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ५५ लाख ६० हजार पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार बढीमा संक्रमण पुष्टि हुँदा एक हजार ५६ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा ८८ हजार बढीको संक्रमणका कारण मृत्यु भैसकेको छ । झण्डै ४५ लाख उपचारपछि निको भैसकेका छन् ।

कोरोनाबाट अमेरिकापछि सबैभन्दा धेरै प्रभावित देश भारतमा केहि सातादेखि संक्रमणको दर उच्च भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।