ताजा अपडेट »

कोरोना कहर

आइतबार, ०४ असोज २०७७, २० : १५
10 Shares

नि: शब्द मनहरू
कायर अनि आक्रान्त मनोभावमा
दौडिरहेछन् - भागिरहेछन् म देखि
मानौँ म निकै कुरुप भैसकेअचेल,
सधै मुस्कुराउने मेरा ओंठहरुमाथि
झुन्डीरहेको हुन्छ एक टुक्रा च्यादर !
हृदयमा कसैको याद अल्झिए जसरी !
लुकीछिपी कामुक सौन्दर्य नियाल्ने
ती नजरहरू अचेल
एक्लिरहेछन्, शून्यको खोजीमा
सूर्यको अगाडि चन्द्रमा हराएजस्तै
ती कोमल हातहरूमा
सहानुभुतिको मलहम लगाइदिने हत्केलाहरू अचेल छन् मृतप्राय:
किनकि
चाहेर पनि मैले जानुहुँदैन !
कसैको समीप,

त्यो कोलाहल, त्यो अतृप्त भद्दा मजाक,
त्यो बेकाम नाराबाजी, त्यो तछाडमछाड
सम्झिरहन्छु ।।
तर सपनाजस्तो लाग्छ १
प्रिय प्रकृति,
तिमी यति धेरै कठोर हुन्छ्यौ होला
मैले कहिल्यै कल्पना गरेन,

मलाई त
फेरि ती गल्तीहरू दोहोर्याउने मन छ
एका बिहानै
शहरका हरेक गल्लीहरुमा,
गाउँउका चोक चोकमा
कसैको मजाक उडाउदै
एक सर्को सिगरेटको धुॅंवा उडाउनु छ
र उस्तै चियागफ गर्ने मन छ,

प्रिय प्रकृति
आजीत मानव सभ्यताको
यो मलीन अनुहार हेरेरै भए पनि
तिमीले आफ्नो
मातृवात्सल्य देखाउनै पर्छ,
किनकि
मलाई त केवल बॉंच्नु मात्र होइन,
जिउनु पनि त छ !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।