ताजा अपडेट »

नर्समा कोरोना देखिएपछि मणिग्राम स्थित क्रिमसन अस्पतालको ओपिडी विभाग बन्द

विहीबार, ११ भदौ २०७७, १४ : २७
8 Shares

तिलोत्तमा । रुपन्देहीको मणिग्राममा अवस्थित क्रिमशन अस्पतालमा कार्यरत एक स्टाफनर्समा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ओपिडी विभाग बन्द गरिएको छ । ओपिडी विभागमा कार्यरत स्टाफनर्समा कोरोना पुष्टि भएपछि त्यहाँ कार्यरत कर्मचारी एवं चिकित्सकलाई निगरानीमा राखी परीक्षणको क्रम अगाडि बढाइएको तिलोत्तमा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

ती स्टाफनर्स केही दिनदेखि ज्वरोका कारण घरमै बसेकी थिइन् । कोरोना संक्रमणको शंका लागेर बुटवलको नेशनल प्याथल्यावमा परीक्षण गराउँदा पोजेटिभ देखिएको नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत गणेश गौतमले बताए । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई नगरपालिकाले तयार गरेको आइसोलेशनमा पठाइएको छ ।

उनमा कोरोना संक्रमण पुष्टि भएपछि परिवारका सदस्यहरुलाई होम आइसोलेशनमा बस्न आग्रह गरिएको गौतमले बताए । तिलोत्तमा नगरपालिकामा बुधबार मात्रै १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । समुदायस्तरमा कोरोनाको संक्रमण फैलिएसँगै नगरपालिकाले गरेको कन्ट्रायाक्ट ट्रेसिङका आधार संकलन गरेको स्वावको रिर्पोट अनुसार तिलोत्तमामा १४ जना नयाँ संक्रमित थपिएको नगरपालिकाका प्रबक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

नयाँ थपिएका संक्रमितहरुमा तिलोत्तमा वडा नम्बर ३ का ७ जना, वडा नम्बर २ का ६ जना र वडा नम्बर १५ का १ जना छन् । यसमध्येका केही व्यक्ति समुदाय स्तरबाट संकलन गरिएको स्वावबाट संक्रमण पुष्टि भएको प्रवक्ता श्रीले बताए । तिलोत्तमा नगरपालिकाका अनुसार नयाँ संक्रमित थपिएसँगै तिलोत्तमामा ९० जनामा संक्रमण पुष्टि भएको छ भने ३८ जना संक्रमण मुक्त भएर घर फर्केका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।