ताजा अपडेट »

पत्रकार रायमाझीलाई पत्नीशोक

मंगलबार, ०९ भदौ २०७७, १० : २४
8 Shares

बुटवल । पाल्पाका क्रियाशिल पत्रकार भुवन रायमाझीलाई पत्नीशोक परेको छ । उनकी पत्नी भवानी कार्की रायमाझीको मंगलबार बिहान असमायिक निधन भएको हो। रैनादेवी गाउँपालिका छहरा–४ अमलावास पाल्पा आफ्नै घरमा विहान ३ :१५ मिनेट जाँदा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी लामो समयदेखि अस्वस्थ रहेकी थिइन् । उनकी एक छोरी छन् । मृतक भवानी रायमाझीको आजै गुल्मीको रिडीमा अन्त्येष्टि गरिएको छ । पत्नीशोकमा रहेका पत्रकार भुुवन रायमाझी स्थानीय मुुक्तिनाथ एफएमका स्टेशन म्यानेजर, एबिसि टेलिभिजन र बुद्धभूमि पत्रिकाका पाल्पा सम्वाददाता हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।