ताजा अपडेट »

बुटवलमा नयाँ खानेपानी आयोजना, दुई लाख लिटरको टयाङकीको शिलान्यास

सोमबार, ३० पुस २०७५, ०७ : ५९
8 Shares

पुस ३०,
बुटवल । बुटवल वडा नम्बर १ र २ मा खडकिएको खानेपानीको समस्या अब अन्त्य हुने भएको छ । बटौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बुटवल–१ को पहलमा बुटवल मावि नजिकै खानेपानी आयोजनाको निर्माण थालिएको हो । आयोजनाको सोमबार बुटवल वडा नम्बर १ र २ का वडा अध्यक्षहरू महेन्द्रप्रसाद लिगल र रमेश नेपालले संयुक्त रूपमा शिलन्यास गरे ।


सो अवसरमा बोल्दै लिगलले वडा नम्बर १ र २ का जनताले भोग्दै आएको खानेपानीको सास्ती अब अन्त्य हुने बताए । आयोजनाबाट करिब १ हजार घरधुरीमा पानी पु¥याइने बताए ।
बटौली संरक्षण सम्बद्धन समितिको मागमा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थ मन्त्री बिष्णु पौडेलको पहलमा पाँच करोडको लगानीमा आयोजना निर्माण थालिएको हो । एक करोड जनसहभागितामा उठाइने छ । त्यहाँका जनता वर्षातमा धमिलो पानी खान बाध्य थिए भने, हिउदमा पानी नपाउँदा टाढा–टाढासम्म लिन जानुपर्ने बाध्यता थिए । २ लाख लिटरको टयाङकी बन्नेछ । जहाँ दुई वटा बोरिङ पनि जडान गरिएछ । जसबाट २४ सै घण्टा वडाका जनतालाई पानी उपलब्ध गराइने योजना छ ।


बुटवल वडा नम्बर २ का वडा अध्यक्ष रमेश नेपालले मणिमुकुन्द टोल र बजार लाइनलाई लक्षित गरी आयोजना निर्माण थालिएको बताए । बटौली संरक्षण तथा सम्बद्धन समितिका अध्यक्ष रवीन्द्र गोपाल लाकौलले आफूहरूको पहलले पूर्व अर्थमन्त्री पौडेलले योजना पारेको बताए । योजना जनसेवा कन्ट्रक्सन प्रालिले निर्माणको जिम्मा ािलएको छ । योजनाले २ वर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।