ताजा अपडेट »

यूएईलाई हराए,नेपाल अन्तिम चारमा

आइतबार, २९ पुस २०७५, १७ : २५
4 Shares


पुस २९,

काठमाडौँ- नेपाल थाइल्यान्डमा जारी थाइल्यान्ड महिला टीट्वेन्टी स्म्यासमा सेमिफाइनल नजिक पुगेको छ। समूहको आफ्नो दोस्रो खेलमा नेपालले आइतबार मलेसियालाई ६ विकेटले हरायो। नेपालले पहिलो खेलमा शनिबार चीनलाई हराएको थियो।

नेपालले समूह ‘ए’अन्तर्गत तेस्रो खेलमा सोमबार यूएईसँग खेल्ने छ। यो खेल जिते नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्ने छ। नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेलमा बुधबार थाइल्यान्ड ‘ए’सँग खेल्ने छ। समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।

समूहमा एक खेल खेलेको यूएईको दुई अंक छ। विश्वकपको एसियाली छनोटअघि थाइल्यान्ड क्रिकेट संघले तयारी प्रतियोगिता आयोजना गरेको थियो। एसियाली छनोट पनि थाइल्यान्डमै हुँदै छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।