ताजा अपडेट »

‘देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन सरकार अग्रसर’

बुधबार, ०७ साउन २०७७, १३ : ११
4 Shares

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प साकार पार्ने दिशामा अग्रसर रहेको बताएका छन्। पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसका अवशरमा श्रद्धान्जलि व्यक्त गर्दे ट्वीटरमार्फत् यस्तो बताएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धान्जलि व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् पुष्पलालप्रति श्रद्धान्जली व्यक्त गरेका हुन।

यसैगरी प्रधानमन्त्री ओलीले पुराना वामपन्थी नेता तथा २०४८ सालको आम निर्वाचनमा रोल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित बर्मन बुढा मगरको ९० बर्षको उमेरमा निधन भएकोमा म दुस्खी भएको भएकोमा दुख व्यक्त गरेका छन् । ‘पंचायती व्यवस्थाको अन्त्यपछि हामी प्रतिनिधिसभामा सँगसँगै थियौं । उहाँ आफ्नो मौलिक परिचय र भेषसहित संसदमा आइपुग्नु भएको म विशेष स्मरण गर्दछु । शोकको यस घडीमा म उहाँप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’-ट्वीटमा ओलीले लेखेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।