ताजा अपडेट »

अचानक नेकपा सचिवालय बैठक स्थगित

मंगलबार, २७ जेठ २०७७, १४ : २५
4 Shares

काठमाडौं । मंगलबार बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । अपराह्न ४ बजे बस्ने तय भएको बैठक स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यद्यपी के कारणले गर्दा स्थगित भएको भन्नेबारे खुलाएनन् । गत शनिबार प्रधानमन्त्री तथा अध्यक्ष समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलपछि मंगलबार बैठकको मिति तय भएको थियो । आजको बैठकमा अमेरिकी विकास सहयोग परियोजना (एमसीसी) मुख्य एजेन्डा थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।