१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

काठमाण्डौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आज तेस्रो पटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्दैछ । निगमको वाइड बडी ए ३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज अपराह्न ४ः५५ बजेका लागि काठमाडौँ-क्यानबेरा उडान तालिका तय भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।

नेपालस्थित अष्ट्रेलियाली दूतावासले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको निगमले जनाएको छ । नेपालमा लकडाउनका कारण रोकिएका अष्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका ‘पिआर होल्डर’ नेपाली नागरिकसहित २५० भन्दा बढीलाई दूतावासले जहाज चार्र्टर्ड गरी लैजान लागेको हो । यसअघि वैशाख २४ गते निगमको वाइड बडी जहाजले अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गरेको थियो । त्यस्तै लकडाउनको अवधिमा निगमको वाइड बडी जहाजले पहिलो पटक गत चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो । यी उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो ।

मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको ती दुवै उडान क्रमशः करिब १२ र १३ घण्टाको थियो । निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा पुग्नेछ । नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भइसके पनि नियमित उडान हुन सकेको छैन ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको क्रिमसन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनावग्रस्त अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती १ लाख २३ हजार उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्, कारबाही प्रक्रिया सुरु वाइसीएल इन्चार्जसहित माओवादी केन्द्रका युवाहरु एमाले प्रवेश पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम जन्मदिनको अवसरमा अनाथ आश्रममा भोजन दान तथा वृक्षारोपण रुपन्देहीको सैनामैनामा १२ दिने तीज महोत्सव हुने, करिब ५० लाख खर्च लाग्ने भारतीय ट्रकले जीपलाई ठक्कर दिँदा २ जनाको मृत्यु माओवादी केन्द्र गुल्मीको सचिवमा अशोक थापा चयन नवलपरासीबाट चिनी र खाद्यान्नसहित पिकअप गाडी नियन्त्रणमा सेयर बजार २५ अंकले ओरालाे भारतकी रजनी राईलाई नागरिकता दिलाउनेलाई अझै कारबाही भएन, प्रशासन माैन थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैनः ओली लुम्बिनीमा विद्युतको महशुल नतिर्ने साढे २७ हजार ग्राहकको लाइन काटियो लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमाले प्रवेश देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरे राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ बुटवलको सडकबारे नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण