ताजा अपडेट »

थपिए २०१ संक्रमित, नेपालमा कोरोना संक्रमित संख्या २३०० पुग्यो

बुधबार, २१ जेठ २०७७, १६ : ५५
4 Shares

बुटवल । नेपालमा बुधबार २०१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमित संख्या २३०० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बुधबार धनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका २, पाँचथरका १, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, सुनसरीका १, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २, रूपन्देहीका २७, महोत्तरीका ९, कालिकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहटका ११, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जना संक्रमित थपिएको जानकारी दिए।  

संक्रमित मध्ये २७८ जना उपचारपछि डिस्चार्ज भएका छन् भने ९जनाको मृत्यु भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।