ताजा अपडेट »

अभिनेत्री सोनाक्षीविरुद्ध धोका दिएको आरोपमा मुद्दा

शुक्रबार, ०९ जेठ २०७७, २० : ५७
6 Shares

नयाँ दिल्ली । अभिनेत्री सोनाक्षी सिन्हाले धोका दिएको आरोपमा मुद्दा दर्ता गरिएको छ । आरोपपत्र दायर भएको करिब एक वर्षपछि अन्तत मुरादाबादस्थित कटघर प्रहरी चौकीले उनी विरुद्ध मुद्दा दर्ता गरेको हो ।  इन्डिया फेसन एण्ड ब्यूटी अवार्ड नामक इभेन्ट कम्पनीका सञ्‍चालक प्रमोद शर्माले सोनाक्षीविरुद्ध गत वर्षमै उजुरी दिएका थिए । 

उनका अनुसार दिल्लीमा आयोजित एक कार्यक्रममा अभिनेत्री सोनाक्षी सिन्हाको प्रस्तुतीका लागि उनका म्यानेजरमार्फत सम्झौता गरिएको थियो । सम्झौता बमोजिम सोनाक्षीलाई करिब ३५ लाख एडभान्स पनि बुझाएको थियो ।  तर, अन्तिम समयमा सोनाक्षी कार्यक्रममा उपस्थित भइनन् र उनलाई बुझाएको पारिश्रमिक पनि फिर्ता नभएपछि शर्माले उजुरी दिएका थिए । 

उजुरी दिएको महिनौ बित्दा पनि कटघर प्रहरीले सुनुवाई नगरेपछि शर्माले पीएम, सीएम र अधिकारीहरुलाई बारम्बार ट्विट गर्न थालेपछि अन्तत कटघर प्रहरीले मुद्दा दर्ता गरेको हो । -नवभारत टाइम्स

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।