ताजा अपडेट »

प्रदेशसभाको छैठौ अधिवेशन सुरू, सिमानाकामा अल्पत्र नेपालीहरूलाई उद्धार गर्न माग

शुक्रबार, ०९ जेठ २०७७, १९ : २७
4 Shares

बुटवल । प्रदेश नं ५ काे प्रदेश सभाको शुक्रबारदेखि सुरु छैठौं अधिवेशनमा सिमानाकामा अलपत्र नागरिकहरूकाे तत्काल उद्वार गरि नेपाल ल्याउने व्यवस्था मिलाउन माग उठेको छ । सिमानाकामा राेकिएका नेपालीहरूकाे अवस्था दयनीय रहेको भन्दै प्रदेश सभा सदस्यहरूले उनिहरूलाई तत्काल उद्वार गरि नेपाल ल्याएर क्वारेन्टाइनमा राख्नुपर्नेमा जाेड दिए ।

काेराेना भाइरसकाे संक्रमण बढेसँगै त्यहाँ बस्न असुरक्षित महसुुस गरि भारतबाट नेपाल आउन लागेका नेपालीहरूलाई सिमानाकामा राेक्दा लुकिछिपि नेपाल प्रवेश गर्ने क्रम बढेको बताउँदै प्रदेशसभा सदस्यहरुले लुकिछिपी नेपाल आउनेबाट कोरोनम संक्रमणका घटनामा थप वृद्धी भएको बताए । प्रदेश सभाकाे छैठौं अधिवेशन बजेट अधिवेशनसमेत भएकोले अहिलेकाे बजेट स्वास्थ्य र कृषि केन्द्रित हुनुपर्नेमा प्रदेश सभा सदस्यहरूले जाेड दिए । लकडाउनकाे दुई महिनाकाे अवधिमा समेत सरकारले पर्याप्त क्वारेन्टाइन र आइसाेलेशन बेड तयार गर्न नसकेको भन्दै प्रदेश सभा सदस्यहरूले भारत लगायत अन्य मुलुकमा रहेका नेपालीहरूलाई नेपाल ल्याउन ढिला गर्न नहुने बताए । राहत वितरणमा भेदभाव भएको र पारदर्शिता नभएको गुनासो आएको भन्दै उनिहरूले भेदभाव रहित तरिकाले राहत वितरण गर्न र राहत वितरणलाई पारदर्शी बनाउन माग गरे । सरकारकाे अदुरदर्शि र असावधानिकै कारण पछिल्लो समय काेराेना संक्रमित बढेको आराेप समेत उनिहरूले लगाए ।

प्रदेश सभाकाे छैठौं अधिवेशनकाे पहिलो बैठकमा आज प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका कार्यबाहक नेता बिरेन्द्र कनाैडिया, सत्तारूढ दल नेकपा (नेकपा ) काे तर्फबाट पार्वती पुन गहतराज, समाजवादी पार्टिका संसदीय दलका नेता सहसराम यादव, साेहि पार्टीका प्रमुख सचेतक सन्ताेष कुमार पाण्डे, जनता पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्य कल्पना पाण्डे लम्साल, राष्ट्रिय जनमाेर्चाकि प्रदेश सभा सदस्य तारा जिसि लगायतले आ-आफ्नो भनाइ राखेका थिए । यसअघि बैठकको सुरूवात गर्दै सभामुख पुर्णबहादुर घर्तीले प्रदेश प्रमुख धर्मनाथ यादवबाट आएको प्रदेश सभाकाे छैठौं अधिवेशन आह्वान सम्बन्धि पत्र पढेर सुनाएका थिए ।

विश्वभर महामारीको रूपमा फैलिएको काेराेना भारसकाे संक्रमणकाे अवस्थालाई मध्यनजर गरि सुरक्षा संवेदनशीलता अपनाउन पनि सभामुख घर्तीले प्रदेश सभा सदस्यहरूलाई आग्रह गरे । प्रदेश सभाकाे अर्को बैठक शनिबार जेठ १० गते दिउँसो ३ बजे बस्ने गरि स्थगित भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।