ताजा अपडेट »

‘कानून निमार्णमा ढिलाइ भएकाले यातायातमा समस्या’

बुधबार, २२ फागुन २०७५, ०८ : ३६
4 Shares

फागुन २२,

बुटवल । प्रदेश नं ५ का भौातिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले यातयातसँग सम्बन्धित कानून निर्माणमा ढिलाइ भएकाले प्रदेशमा यातायात व्यवस्थापनमा समस्या भएको बताउनुभएको छ । मङ्गलबार नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन प्रदेश नं ५ कमिटीले बुटवलमा गरेको अन्तरक्रियामा उहाँले यातयातलाई व्यवस्थित गर्न प्रदेश नं ५ मा रहेको बाटोलाई व्यवस्थित बनाउने गरी काम अघि बढेको छ भन्नुभयो ।

“कुन यातायातको साधन कुन बाटोमा सञ्चालन गर्ने हो त्यसका लागि पनि बाटोको वर्गीकरण गर्ने गरी विज्ञ टोलीमार्फत काम भइरहेको छ”, मन्त्री चौधरीले भन्नुभयो ।

इ–रिक्साको व्यवस्थापन, पार्किङ व्यवस्थापन, सडक मर्मतजस्ता कार्य मात्र गर्न सके पनि दुर्घटना न्यूनीकरण हुने भन्दै मन्त्री चौधरीले त्यसका लागि प्रदेश सरकारले विज्ञहरुको टोली नै बनाएर काम शुरु गरेको उल्लेख गर्नुभयो ।

ट्राफिक प्रहरी कार्यालय प्रदेश नं ५, बुटवलका प्रहरी निरीक्षक गङ्गाबहादुर सारुले प्रदेश नं ५ दुर्घटनाको जोखिमका हिसाबले पहिलो स्थानमा रहेको भन्दै त्यसका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।

सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा काफ्लेले यातायात चालकले सवारीसाधन चेलेकै अवस्थामा फोन उठाउने वा नउठाउने भन्ने बारेमा नीति नै बनाएर नियमन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सङ्गठनका रुपन्देही अध्यक्ष कृष्ण कँडेलले अवधारणापत्र प्रस्तुत गर्दै भौतिक यान्त्रिक, मानवीय र पर्यावरणीय कारणले दुर्घटना हुने गरेको बताउनुभयो । सङ्गठनले सडक दुर्घटना न्यूनीकरण प्रादेशिक अभियान सञ्चालन गर्ने र एक वर्षमा १५ हजार यातायात मजदुरलाई सडक अनुसाशन र ट्राफिक नियमका बारेमा प्रशिक्षित गर्न आवश्यक भएको बताउनुभयो । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।