ताजा अपडेट »

महोत्सवमा करिब ६ करोड संकलन

मंगलबार, २१ फागुन २०७५, २१ : ३३
28 Shares


संस्कृत भाषा जलाउनु गम्भिर गल्ती : पूर्व सांसद भण्डारी

फागुन २१,
कमल पौडेल
मुसिकोट, गुल्मी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद डा. चन्द्र भण्डारीले नेपालमा संस्कृत भाषा जलाउनुनै गम्भिर गल्ती भएको वताउनुभएको छ। महेन्द्र आदर्श मावि वामीटक्सार गुल्मीको हिरक महोत्सव तथा धनधान्यान्चल महायज्ञको समापन गर्दै संसारका देशहरु संस्कृत पढ्न थालेको वताउनु भएको छ।


सुचना प्रविधिको कारण मानिसको स्मरण शक्ति घटाउँदै लगेको भन्दै संस्कृत भाषाले मात्रै मानिसको चेतना विकासमा सहयोग पुर्याउने भन्दै, राजनैतिक नेतृत्व गलत वाटोमा लाग्दा धर्म कमजोर भएको ठोकुवा गर्नुभएको छ।


पूर्विय दर्शनले विचारलाई उच्च मान्ने भन्दै, हिंसा र हतियारमा होड गर्न नहुने भन्दै भण्डारीले मुसिकोटमा पनि संस्कृत शिक्षा संचालन गर्न आग्रह गर्नुभयो ।शिक्षा असल नहुँदा युवा विदेशिनु परेको भन्दै पूर्व सांसद समेत रहनुभएको भण्डारीले राजनैतिक नेतृत्व तथा जनप्रतिनिधि कुर्चिमोहमा फसेको भन्दै देशलाई मागि खाने वनाइएको स्वीकार गर्नुभयो ।


साथै सोही अवसरमा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा, गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, नेपाली काँग्रेस गुल्मीका पार्टी सचिव विष्णुकुमारी सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले नगरपालिकाको तर्फवाट १ लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ।
कार्यक्रम मुल समारोह समितिका संयोजक प्रकाश काफ्लेको अध्यक्षता, प्रधानाध्यापक वुद्धि प्रसाद शर्माको स्वागत मन्तव्य तथा शिक्षक मिगे्रन्द्र रिजालको संचालनमा सम्पन्न भएको थियो ।


विद्यालयमा प्राविधिक शिक्षा अन्तरगत इन्जिनियरिङ कक्षा संचालन गर्ने उद्देश्य सहित संचालन गरिएको श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले प्रवचन दिनुभएको थियो। कार्यक्रममा आर्थिक गर्ने सहयोगदाता एवं चन्दादाताहरुलाई सम्मान गरिएको थियो । ५ करोडको लक्ष्य लिइएको महायज्ञवाट झण्डै ६ करोड आम्दानीभएको लेखा समितिका संयोजक डिल्लीराज खरेलले जानकारी दिनुभएको छ।


लक्ष्य भन्दा वढि रकम सहयोग प्राप्त भएपछि आयोजक हौसिएको छ। विद्यालयको लागि विद्यालय व्यावस्थापन समितिका अध्यक्ष समेत रहनुभएको भुवन केसिले ५५ लाख सहयोग गर्नुभएको छ। त्यस्तै मुसिकोट नगरपालिका वडा नं. ८, उमानन्द र गिता खरेलले २५ लाख २५ हजार ५ सय २५ सहयोग गर्नुभएको छ भने मुसिकोट नगरपालिका वडा नं. ७ का झुण्जलाल सापकोटाको स्मृतिमा उहाँका छोराहरुको तर्फवाट १९ लाख ५ हजार सहयोग गर्नुभएको छ।


महायज्ञ लगाएर संकलन गरिएको रकमलाई सहि प्रयोग गर्दै विद्यालयमा प्राविधिक शिक्षा संचालन गर्ने जानकारी गराउँदै मुल समारोह समितिका संयोजक प्रकाश काफ्लेले महोत्सव सफल पार्न सहयोग गर्ने सवै प्रति आभार व्यक्त गर्नुभएको छ।

‘सिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने नारासहित गत फागुन १३ देखि गरि सुरु गरिएको महायज्ञ तथा महोत्सव मंगलवार समापन भएको हो।२०१६ सालमा स्थापना भएको विद्यालयमा नेपाली तथा अंग्रेजी माध्यमममा कक्षा संचालन हुँदै आएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।