ताजा अपडेट »

रोट्रयाक्ट बुटवल डाउनटाउनको 'खुट्टामा जुत्ता'अभियान

विहीबार, ०४ बैशाख २०७७, १९ : ४४
6 Shares

बुटवल । सामाजिक कार्यहरुमा अग्रसर रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले 'खुट्टामा जुत्ता'अभियानलाई सुरु गरेको छ। विश्वभरीे कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण सरकारले गरेको लामो लकडाउनले धेरै मानिसहरु आफ्नो कर्म स्थानबाट लामो दुरीको पैदल यात्रा गर्दै आफ्नो गाउँ फर्किदा चप्पल च्यातियेर खाली खुट्टासहित पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको भन्दै क्लबले खुट्टामा जुत्ता अभियान सुरु गरेको हो ।

अभियान बिभिन्न सहयोगी व्यक्तिहरु, रोटरी क्लब अफ बुटवल डाउन टाउनसँग जुत्ता चप्पल सहयोग मागेर पूर्ण रूपमा सेनिटाईज गरेर बुटवलका मुख्य चोकहरुमा जुत्ता चप्पल, चाउचाउ, खाने पानी राखिने र आवश्यक पर्ने व्यक्तिले निःशुल्क रूपमा जुत्ता लगाउन पाउन भनेर जुत्ता अभियान सञ्चालन गरेको क्लबका अध्यक्ष मधु भट्टराईले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।