ताजा अपडेट »

सीमापारिका सरकारसँग समन्वय गर्न सीमावर्ति स्थानीय तह प्रमुखलाई संघीय मामिला मन्त्रीको निर्देशन

विहीबार, ०४ बैशाख २०७७, १४ : ४९
4 Shares


भैरहवा । संघिय मामिला तथा सामन्य प्रशासन मन्त्री हृदेश त्रिपाठिले सिमावर्ति क्षेत्रका स्थानिय तह प्रमुखलाई सीमापारिका सरकारसंग समन्वय गर्न निर्देशन दीएका छन् ।

बिहिबार देशैभरका नेपाल भारत सिमावर्ति स्थानिय सरकारका प्रमुखसंग भिडियाे सम्बाद गर्ने क्रममा मन्त्री त्रिपाठिले सिद्धार्थनगर भैरहवाका प्रमुखसंग छलफल गर्ने क्रममा यस्ताे निर्देशन दिएका हुन् । मन्त्री त्रपाठिले सिद्धार्थनगर प्रमुखसंग छलफलका क्रममा भने, " भारतियहरुलाई भैरहवा क्वारेन्टाइनमा छन् । तिनलाई तपाईहरुले व्यवसथापन गर्नुस् । सिमापारिका जनप्रतिनिधिसंग छलफल गर्नुहाेस् ।" उक्त छलफलमा सिनपा प्रमुख अधिकारिले सिद्धार्थनगर भैरहवाकाे वर्तमान बस्तुस्थितिकाे बारेमा जानकारि गराएका थिए । नगरप्रमुख अधिकारिले मन्त्री त्रिपाठिसंग भने, " भैरहवाका आरडिटि मेसिन कृषि मन्त्रालयले पठाएकाे छ तर आवश्यक उपकरण नहुदा प्रयाेग हुन सकेकाे छैन । दुईवटा क्वारेन्टाइनछन् । एउटा निमा प्रतिमान निमामा भारतिय १५५ जना र शैक्षिक तालिम केन्द्रकाे क्वारेन्टाईमा २४ जना राखिएकाे छ । "

भैरहवा स्थित प्रदेश जनस्वास्थय प्रयाेगशालामा पिसिअार मेसिन सन्चालनमा छ । केही दिन अगाडि संघिय सरकारकाे कृषि मन्त्रालयले भैरहवा स्थित प्रदेश जनस्वासथय प्रयाेगशालालाई अारटिडि मेसिन प्रदान गरेकाे छ । नगर प्रमुख अधिकारिले भारतिय सीमावर्ति क्वारेन्टाइनमा रहेका ३०५ जनालाई नेपाल ल्याई आ -आफ्नाे पलिकामा राख्ने व्यवस्था गर्न तथा भैरहवामा रहेका भारतिय नागरिकलाई भारत जाने व्वस्था गर्न संघीय सरकारसंग माग गरेका थिए । उनले खुला सिमाना भएकाेले सीमा क्षेत्रमा सुरक्षा निगरानि बढाउन एवं अन्तरदेशिय रुपमा एकीकृत सुरक्षा बढाउन संघिय सरकारले पहल गर्नुपर्ने आग्रह गरे ।

यसैगरि नगर प्रमुख अधिकारिले मास्क, सेनिटाईजर, ग्लाेब्स अभाब हुँदै गएकाे बताउदै सरकारले त्यस तर्फ ध्यान दिन आग्रह गरे । सिद्धार्थनगर पालिकाले नगरभित्र १७४२ जना मजदुरलाई राहत बितरण गरिसकेकाे छ । अहिले वडा वडामा फारम पठाएकाे नगर उपप्रमुख उमा काफ्लेले बताईन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।