ताजा अपडेट »

प्रदेश ५ सरकारद्वारा १०९ स्थानीय तहलाई १३ करोड अनुदान

बुधबार, ०३ बैशाख २०७७, १३ : ५२
8 Shares

बुटवल । प्रदेश ५ मन्त्रीपरिषदको बुधबार बसेको बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको छ । प्रदेश सरकारले कुल १०९ स्थानीय तहलाई १३ करोड रुपैंया बजेट छुट्टाएको छ । जसअनुसार बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकालाई २० लाख रुपैंयाका दरले र नेपालगञ्ज उपमहानगरपालिकालाई भने २५ लाख रुपैंया दिने निर्णय गरेको छ । त्यसैगरी सिद्धार्थनगर नगरपालिकालाई २० लाख रुपैंया प्रदान गर्ने भएको छ । प्रदेशभित्रका अन्य ३१ नगरपालिकालाई १५ लाख रुपैंया दिने निर्णय गरेको छ । प्रदेशभित्रका ७३ गाउँपालिकालाई भने १० लाख रुपैंयाको दरले सहयोग गर्ने बताएको छ ।

प्रदेशका १२ वटा जिल्ला समन्वय समितिलाई ५ लाख रुपैंयाको दरले ६० लाख रुपैंया दिने निर्णय गर्दै जिल्ला समन्वय समितिको काम अनुगनको कामलाई प्रभावकारी बनाउनुका साथै बैठक र अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुखले प्रदेशसभा सदस्यलाई अनिवार्य सहभागी गराउने निर्णय गरेको छ । प्रदेश सरकारले कुल १०९ स्थानीय तहलाई १३ करोड र १२ जिल्ला समन्वय समितिलाई ६० लाख गरी १३ करोड ६० लाख रुपैंया बजेट छुुट्टाएको छ । त्यसैगरी प्रदेश सरकारले कोरोना विशेष अनुदानको रकम सुझाव अनुसार खर्च गर्न निर्देशन गरेको छ ।

यस्ता छन् खर्च गर्नुपर्ने निर्देशन तथा शर्त

क.प्राप्त रकम स्थानीय तहहरुले आफूले सञ्चालनमा ल्याएको कोरोना भाइरस नियन्त्रण तथा राहत सम्बन्धी कोषमा जम्मा गरी मापदण्डका आधारमा मात्र खर्च गर्ने ।
ख.स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइन व्यवस्थापनमा खर्च गर्ने
ग. लकडाउनबाट अति प्रभावित हुने श्रमिक तथा निम्न वर्गीय व्यक्तिको दैनिक जीवनयापनलाई सहज बनाउन राहत प्रदान गर्नुपर्ने भएमा खाद्यान्न सामग्री खरिद गरी वितरण गर्ने प्रयोजनार्थ खर्च गर्ने
घ.त्यस्ता वर्गको पहिचान र राहत वितरण सम्बन्धित स्थानीय तहहरुको वडा कार्यालयहरु मार्फत खचए गर्ने व्यवस्था मिलाउने
ङ प्रचलित आर्थिक कार्य्विधि सम्बन्धी कानुनको पालना गरी खर्च गर्नुपर्ने
च. प्रचलित कानुन बमोजिम कोषबाट भएको खर्च रकमको लेखापरीक्षण गराउनुपर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।