ताजा अपडेट »

अर्घखाँची सिमेण्टद्वारा २५० परिवारलाई राहत प्रदान

मंगलबार, ०२ बैशाख २०७७, ११ : ४२
18 Shares

बुटवल । अर्घखाँची सिमेण्ट प्रा.लि.ले माथागढी गाउँपालिका ५ , धामिगा पाल्पाका २५० परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित विपन्न परिवारलाई राहत प्रदान गर्ने उद्देश्यले सहयोग गरेको हो । साथै सो क्षेत्र सिमेण्टको खानी भएको क्षेत्र पनि हो । सो क्षेत्रको खानीबाट उद्योगलाई कच्चा पदार्थ हुने हुनाले सोही क्षेत्रका वासिन्दा संकटमा पर्दा सहयोग गर्नु उद्योगको दायित्व रहेको उद्योगका महाप्रबन्धक उद्धब बहादुर कार्कीले बताए ।

माथागढी गाउँपालिका वडा नं.५ का अध्यक्ष बेलबहादुर ढेंगामगरले संकटको समयमा जिविकोपार्जनको लागि अत्यावश्क खाद्यान्न सामग्री प्रदान गरेर स्थानीयलाई राहत प्रदान गर्दै उद्योगले दायित्व पूरा गरेको बताउँदै धन्यवाद प्रकट गरे । वडाको समन्वयमा सोमबार परिवार संख्याको आधारमा दाल, चामल, तेल, नून, सोयाबिन तथा हात धुने साबुन सहितका करिब १५ किलो खाद्य समाग्री भएको बोरा वितरण गरिएको कम्पनीको बजार प्रमुख निलकण्ठ खनालले बताए । सो क्षेत्रका अन्य विकट स्थानका विपन्न परिवारहरुको पनि तथ्यांक संकलन गरी राहत प्रदान अभियानलाई निरन्तरता दिइने खनालले बताए ।

रुपन्देहीको सियारी गाउँपालिकामा रहेको उद्योगले यसअघि प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना रोकथा, नियन्त्रण तथा राहत कोषमा रु ५१ लाख सहयोग गरेको छ । प्रदेशको कोषमा हालसम्मकै ठूलो सहयोग गर्ने उद्योग लगाएत सम्पूर्ण संघसंथामा अर्घखाँची सिमेण्ट अग्रपंतिमा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।