ताजा अपडेट »

युवाहरूको सक्रियतामा विपन्न परिवारलाई राहत वितरण

सोमबार, ०१ बैशाख २०७७, १९ : ४५
8 Shares

गुल्मी । जिल्लाको धुर्कोट गाउँपालिका- ७ वाग्लाका युवाहरूको समुहले विश्वभरि महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण र जारी लकडाउनका कारण दैनिकी सञ्चालन गर्न समस्यामा परेका विपन्न परिवारलाई दैनिक जिविकोपार्जमा परेको कठिनाईलाई दृष्टिगत गरि राहत वितरण गरेका छन् ।

साविकको वाग्ला गाविस वडा नम्बर १ का अठार जना युवाहरूले रकम संकलन गरि १० परिवारलाई राहत सामाग्री वितरण गरेका हुन् । प्रति परिवार २५ किलो चामल, १ लिटर तेल, १ किलो नुन, २ किलो दाल, हातधुने साबुन, सोयाविन लगाएतका सामाग्री वितरण गरिएको संयोजक प्रकाश पौडेलले जानकारी दिए। साविकको वाग्ला गाविसका ९ वटा वडाबाट १० परिवारलाई छनोट गरि राहत वितरण गरिएको हो ।

वडा कार्यलयसँग समन्वय गरि वडाले छनोट गरेका १० परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष हिम प्रसाद पन्थी, वडा सचिव गंगाराम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।