ताजा अपडेट »

संकटमा अस्पताल नजाने ५ डाक्टर वर्खास्त

बुधबार, २६ चैत्र २०७६, १४ : २०
6 Shares

बुटवल । विश्वभरी फैलिएको कोरोनाको महामारीको संकटमा अस्पताल नआउने चिकित्सकलाई लुम्बिनी प्रादेशिक अस्पतालले वर्खास्त गरेको छ ।

अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित भएका ५ जना चिकित्सकहरुलाई कारवाही स्वरुप सेवाबाट हटाईएको अस्पतालका मेसु डा. राजेन्द्र प्रसाद खनालले जनाएका छन । वर्खास्त पर्नेमा रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा तारा प्रसाद शर्मा, इएनटी विभागका डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी, आकस्मीक विभागमा कार्यरत डा प्रकृती कार्की रहेका छन् ।

हटाईएका चिकित्सकहरु करारमा नियुक्त भएका चिकित्सकहरु हुन । सामाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रदेश नं ५का सवै सरकारी अस्पतालका मेसुलाई कोरोना भाइरसको संकटको वेलामा सेवामा हाजीर नहुने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।