ताजा अपडेट »

सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघद्वारा नगरको राहत काेषमा ३१ हजार ५ सय सहयोग

मंगलबार, २५ चैत्र २०७६, ०९ : ३२
8 Shares

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघले सिद्धार्थनगर नगरपालिकाकाे राहत काेषमा ३१ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ । नगरपालिकाका प्रमुख हरि अधिकारीलाई संंघका प्रथम उपाध्यक्ष सतितश कुमार काैशल (दिपक) ले आज नगरपालिकामा गएर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

उपाध्यक्ष काैशलले बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरल (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि सिद्दार्थ नगर सुनचाँदी व्यवसायी संंघ सिद्धार्थनगर नगरपालिकाकाे साथमा रहेकाे हुँदा नगरपालिकालाई सहयाेग गरेको बताए । साथै उनले सबै नगरबासीहरूलाई सचेता अपनाउन अनुराेध गर्दै लकडाउनकाे पुर्ण पालना गर्न सबैमा अपिल समेत गरेका छन्।

सहयोग हस्तान्तरण कार्यक्रममा वरिष्ठ सल्लाहकार प्रेम सेन्चुरी, संंघका द्वितीय उपाध्यक्ष राजन रसाईली, सचिव किस्मत बिक, सदस्यहरू किरण लाम्गादे, कुमार गहतराज, माेहन सेन्चुरी लगायतको उपस्थित रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।