ताजा अपडेट »

कपिलबस्तुमा पनि कोरोना आशंका गरिएका एक जनाको मृत्यु

सोमबार, २४ चैत्र २०७६, २२ : १२
8 Shares

बुटवल । कोरोना आशंकामा आइसोलेशनमा रहेका अर्का एक जनाको मृत्युु भएको छ । कपिलवस्तु अस्पतालको आइसोलेशनमा उपचाररत एक बिरामीको मृत्यु भएको हो। सोमबार साँझ ८ बजे बिजय नगर गाउँपालिका-२ जलैयाका ३० वर्षीय गोवर्धन भरको मृत्यु भएको अस्पतालका मेडिकल सुपरीटेण्डेन डाक्टर किशोर बञ्जाडेले जानकारी दिए । कोरोना संक्रमणको आशंका गरिएका ति बिरामीको स्वाब परक्षीणका लागि आजनै संकलन गरिए पनि मँगलबार मात्रैै बुटवल ल्याउने तयारीमा रहेको थियो ।

उनी गम्भिर बिरामी परेपछि कोरोनाको आशंकामा चैत्र २१ गते कपिलवस्तु अस्पतालमा भर्ना गरिएको थियो । उनको के कति कारणले मृत्यु भएको हो कपिलवस्तु अस्पतालले पुष्टि हुन बाँकी रहेको अस्पतालका डा. गणेश क्षेत्रीले ग्लोबल आवाजलाई बताए । स्मरण रहोस् ९ दिन अघि रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा सैनामैनाको एक युवाको मृत्यु भएको थियो । कोरोना शंकाकै आधारमा उपचाररत अवस्थामा उनको मृत्यु भएको थियो । अस्पतालका अनुसार उनको पनि स्वाब परीक्षणको रिपोर्ट नआउँदै मृत्यु भएको थियो । उनको रिपोर्ट अनुसार कोरोना संक्रमण नेगेटिभ बताइएप नि हालसम्म उनको शव सोही स्थानमा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।