ताजा अपडेट »

कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ हजार नाघ्यो,९ लाख ३५ हजार संक्रमित

विहीबार, २० चैत्र २०७६, ०७ : ५६
12 Shares

बुटवल । वर्ल्डोमिटरको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर कोरोना भाइरस (कोभिड-१९) का कारण मृत्यु हुनेको ४७ हजार १ सय ९४ पुगेको छ। भने संक्रमितको संख्या ९ लाख ३५ हजार ४ सय ३१ पुगेको छ।

संक्रमितमध्ये १ लाख ९३ हजार ९ सय ९९ जना उपचारपछि निको भइ घर फर्केका छन्। हालः विश्वका विभिन्न देशका अस्पताल तथा घरमै बसेर ६ लाख ९४ हजार २ सय ३८ कोरोनाका संक्रमित उपचारत छन्। यीमध्ये ३५ हजार ४ सय ७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने ६ लाख ५८ हजार ७ सय ६० जनाको अवस्था सामान्य रहेको छ। विश्वमा सबैभन्दा बढी कोरोना भाइरसका संक्रमितको संख्या अमेरिकामा रहेको छ भने ज्यान गुमाउनेहरु इटालीमा रहेका छन्। कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसयता यो विश्वको २ सय ३ देश तथा क्षेत्रमा फैलिएको छ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या बुधबारसम्म २ लाख १५ हजार २० पुगेको छ भने ५ हजार १ सय २ जनाले ज्यान गुमाइसकेको छन्। इटालीमा हालसम्म कोरानाका कारण १३ हजार १ सय ५५ जनाको ज्यान गइसकेको छ भने संक्रमितको संख्या १ लाख १० हजार ५ सय ७४ पुगेको छ। स्पेनमा पनि कोरोना भाइरस संक्रमितको संख्या लाख नाघेको छ। बुधबारसम्म स्पेनमा संक्रमितको संख्या १ लाख ४ हजार १ सय १८ पुगेको छ भने ९ हजार ३ सय ८७ जनाको मृत्यु भइसकेको छ। चीनमा हालसम्म संक्रमितको संख्या ८१ हजार ५ सय ५४ छ भने ३ हजार ३ सय १२ जनाको मृत्यु भएको छ।

जर्मनीमा ७७ हजार ९ सय ८१ कोरोना भाइरसका संक्रमित रहेकोमा ९ सय ३१ जनाको मृत्यु भइसकेको छ। फ्रान्समा बुधबारसम्म ५६ हजार ९ सय ८९ जनाम कोरोनाको संक्रमण देखिएको छ। यीमध्ये ४ हजार ३२ जनाको मृत्यु भइसकेको छ। इरानमा ४७ हजार ५ सय ९३ जना संक्रमित रहेकोमा ३ हजार ३६ जनाको मृत्यु भएको छ। बेलायतमा कोरोनाको संक्रमणबाट मर्नेको संख्या २ हजार ३ सय ५२ छ जहाँ हालसम्म संक्रमितको संख्या २९ हजार ४ सय ७४ पुगेको छ। स्वीट्जरल्याण्डमा १७ हजार ७ सय ६८ जना संक्रमित रहेका छन्, जसमध्ये ४ सय ८८ जनाको मृत्यु भइसकेको छ।

टर्कीमा कोरोना संक्रमितको संख्या १५ हजार ६ सय ७९ जना छन्। यीमध्ये २ सय ७७ जनाको मृत्यु भएको छ। बेल्जियममा कोरोनाबाट बुधबारसम्म ८ सय २८ जनाले ज्यान गुमाइसकेका छन्। बेल्जियममा हालसम्म कोरोना संक्रमितको संख्या १३ हजार ९ सय ६४ पुगेको छ। नेदरल्याण्ड्मा कोरोनाको संक्रमित १३ हजार ६ सय १४ रहेकोमा १ हजार १ सय ७३ जनाको मृत्यु भइसकेको छ। अष्ट्रियामा संक्रमितको संख्या १० हजार ७ सय ११ पुगेका छ, जहाँ १ सय ४६ जनाको मृत्यु भइसकेको छ। बाँकीको मृत्यु र संक्रमित अन्य देशमा रहेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।