२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

बुटवल । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एक वरिष्ठ अधिकारीले एशियामा कोरोना भाइरसको महामारीको अवस्था निश्चित मुलुकबाहेक अझै नियन्त्रणभन्दा टाढा रहेको बताएका छन् ।

Advertisement

कासाईले अहिले एशियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोना भाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिएका छन् । अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उनले भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एशियाली देशले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिए। चीन, दक्षिण कोरिया, सिङ्गापुर आदि देशले कोरोना भाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका विवरण आइरहेका समय डब्लुएचओका अधिकारीको यो भनाई सार्वजनिक भएको हो ।

चीनमा पछिल्ला केही हप्ता नयाँ सङ्क्रमण पुष्टि नगन्य मात्रामा आएपनि दक्षिण कोरिया, जापान, भारत, पाकिस्तानमा भने सङ्क्रमित सङ्ख्या बढ्ने क्रममा रहेको छ । चीनले भाइरस नियन्त्रणका लागि निकै कडा प्रतिबन्धहरू लगाएपछि पछिल्ला केही सातादेखि स्वदेशभित्र नै सङ्क्रमितको सङ्ख्या करिब ‘शुन्य’ झरेको यहाँका अधिकारीहरूले बताउँदै आएका छन् ।यसैबीच विश्व बैंकले पूर्वी एशियाको अर्थतन्त्र प्रभावित हुन थालेको भन्दै त्यसबाट मुक्ति पाउनै नसकिने पीडा उत्पन्न हुने चेतावनी दिएको छ ।

विश्व बैंकको पछिल्लो पूर्वानुमान अनुसार भाइरसका कारण पूर्वी एशिया क्षेत्रको पर्यटन, व्यापार र सरसामानमा आधारित अर्थतन्त्रमा ठूलो खतरा उत्पन्न हुने देखिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

२२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै लुम्बिनी आएर भारतीय प्रधानमन्त्री मोदीले भने– न्यानो स्वागतको लागि धन्यवाद प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत