२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

बुटवल । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न यतिबेला नेपालमा साताव्यापी एकान्त बास चलिरहेको छ । शङ्कास्पद बिरामी भने छुट्टै क्वारेन्टाइनमा चिकित्सकको निगरानीमा छन् । आम मानिसले अपनाइरहेको एकान्त बास पनि एक प्रकार पूर्वक्वारेन्टाइन नै हो ।

Advertisement

चिकित्सक अरुण सेढाइँ एकान्त बास रहँदा होस् वा चिकित्सकको निगरानी सहितको घरमा बस्दा होस् सकेसम्म आफूलाई सक्रिय राख्नुहोस्, भित्रै गर्न सकिने काम र खेल खेल्नुहोस् भन्ने सुझाव दिनुहुन्छ । करेसाबारीमा काम गर्ने, बालबालिकासँग खेल्ने, योग र शारीरिक अभ्यास गर्ने, पुस्तक पढ्ने गर्न सकिन्छ । कसैले नभोगेको कुरा भोग्नुपरेको छ, त्यसैका बारेमा गीत, कविता लेख्ने, आफ्ना अनुभव लेख्ने गर्न सकिन्छ भन्ने सुझाव उहाँ थप्नुहुन्छ । दीर्घरोगीले खाने औषधि नछुटाई निरन्तर लिनुपर्छ ।

सरकारी मापदण्डमा के छ ?
नेपाल सरकारले तयार पारेको मापदण्डको अनुशरण गर्न लाभद(ायी हुन्छ । ‘कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड –२०७६’ मा कसरी बस्ने, व्यवहार गर्ने, खानपान र सुरक्षात्मक उपाय अपनाउने प्रस्ट उल्लेख छ ।

त्यस्तै त्यहाँ रहने व्यक्ति, खटनपटनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले गर्न हुने र नहुने दुवै थरिका कामको व्याख्या यस मापदण्डले गरेको छ । स्वस्थ र आफैँ घरमा रहेका बाहेक सङ्क्रमणको शङ्का गरिएका व्यक्तिले १४ देखि १७ दिनसम्म अनिवार्य क्वारेन्टाइनको कडा निगरानीमा रहनुपर्ने बाध्यकारी व्यवस्था छ । चिकित्सकबाट गरिने निगरानीको क्वारेन्टाइन सम्भव भएसम्म मानव बस्तीबाट टाढा बनाउनुपर्छ । खानेपानी, बिजुली, सडक, सञ्चारको सुविधा हुनुपर्छ । बालबालिका, ज्येष्ठ नागरिक, गर्भवतीका लागि छुट्टै व्यवस्था हुनुपर्छ । हावा वारपार हुने क्वारेन्टाइनको कोठामा प्रतिव्यक्ति ७५ वर्गफिट र एक व्यक्तिको पलङदेखि अर्कोको दूरी ३.५ फिट हुनैपर्छ । कोठामा सरसफाइका अत्यावश्यक सामग्री राख्नुपर्छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, विद्युतीय निगरानी (सीसीटीभी) को अनिवार्य व्यवस्था हुनुपर्छ ।

प्राप्त सुविधा आपसी समझदारीका आधारमा उपयोग गर्ने, उपलब्ध सामग्रीको हिफाजत गर्दै समुचित प्रयोग गर्ने बानी बसाल्नुपर्छ । त्यस्तै अनुसार स्वास्थ्य सम्बन्धी गर्न नहुने कार्यमा खोक्दा, हाच्छ्युँ गर्दा अनिवार्य नाक, मुख छोप्ने, रुघाकोखीको लक्षण देखिए तत्काल चिकित्सकको परामर्श लिने, विदेशबाट फर्किएका परिजनलाई जङ्गली वा घरपालुवा जनावर र पशुपक्षीबाट टाढा राख्ने, पशुजन्य पदार्थ मासु, अण्डा, दूध आदि राम्ररी पकाएर खाने गर्नुपर्छ । सुरक्षा सम्बन्धी कार्यमा सङ्क्रमित व्यक्तिलाई यथाशीघ्र अस्पतालको आइसोलेसनमा पठाउने, सुरक्षाका बस्नेले अनिवार्य व्यक्तिगत सुरक्षाका सामग्री लगाउने, हुलदङ्गा र जमघट हुन नदिने, क्वारेन्टाइनबाट व्यक्ति भाग्न नदिने, भाग्न लागेमा नियन्त्रणमा लिने गर्नुपर्छ ।

गर्न नहुने काम

एकान्त बास र क्वारेन्टाइनमा बस्दा गर्न नहुने कामका बारेमा पनि मापदण्डमा उल्लेख छ । त्यस्तै आपसमा सम्मानजनक व्यवहार गर्ने, सुर्तीजन्य नशालु पदार्थको सेवन नगर्ने, अशिष्ट र अभद्र व्यवहार नगर्ने, नकारात्मक टीकाटिप्पणीभन्दा सकारात्मक सिर्जनामा जोड दिने गर्नुपर्नेछ ।

कस्तो खाना खाने ?

यति बेलाको अवस्था होम क्वारेन्टाइनको हो । बाहिरको गतिविधि कम भएकाले अत्यावश्यक सामग्रीको बजारमा पनि कमी हुन सक्छ । त्यसैले संयमता अपनाएर आफू र परिवारको भरणपोषणमा ध्यान दिनुपर्छ । घरमा बसेको छु भन्दैमा दिनभरि नै खाने वा धेरै खाएको छु भनेर खाँदै नखाने कार्य नगर्न सुझाव गरिएको छ । शरीरलाई चाहिने आवश्यक शक्ति र रोग प्रतिरोधात्मक क्षमता बढाउने खाना जरुरी हुन्छ ।
सागपात, गेडागुडी र घरमै उपलब्ध खानेकुराबाटै पोषण जुटाउनुपर्छ । उमालेको पानी अनिवार्य पिउने, घरेलु आयुर्वेदिक मरमसलाको उपयोग गर्न सकिन्छ । बिहान उठ्नासाथ मनतातो दुई गिलास पानी पिउनु राम्रो हुने चिकित्सक सुझाउँछन् ।-गोरखापत्र अनलाइन

twitter sharing button
messenger sharing button
wechat sharing button
whatsapp sharing button

प्रतिकृया दिनुहोस्

Flash News

पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै