४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

भैरहवा । विश्वव्यापी रुपमा फैलिदै गएको नोभेल कोरोना भाइरस (कोभिड १९) को पुर्व सतर्कता र नियन्त्रणमा सहयोग पुराउने उद्धेश्यले सिद्धार्थनगर पालिका भैरहवाले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण राहत कोषमा अष्ट्रेलियामा अध्ययनरत बन्दिता काफ्लेले एक लाख एघार हजार एस सय एघार रुपैयां सहयोग गरेकी छन् ।

Advertisement

काफ्लेले आफु जन्मे, हुर्केको र पढेको ठाउ भैरहवा क्षेत्रमा आइपर्न सक्ने विपतमा सहयोग पुग्ने उद्धेश्यले उक्त रकम सहयोग गरेकी हुन् । काफ्ले विद्यार्थि कालमा भैरहवा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थि यूनियनको सदस्य समेत रहेकी थिइन् । हाल नेकपाको संगठीत सदस्य समेत रहेकी काफ्ले अनेरास्ववियू रुपन्देही जिल्लाको पुर्व सदस्य समेत हुन् ।
कलेज पढ्दा विभिन्न संघसंस्था मार्फत समाजिक सेवामा सक्रिय रहने काफ्लेको सहयोगले विदेशमा रहेका अन्य नेपालीलाई राहत कोषमा सहयोग गर्न उत्प्रेरणा प्रदान गर्ने नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले बताए । बन्दिता सिद्धार्थनगर पालिकाको उपप्रमुख उमा काफ्ले तथा टंकनाथ काफ्लेको छोरी हुन् ।

यसैगरी राहत कोषमा नगरका प्रमुखले २१ ह्जार , उपप्रमुखले १५ हजार र वडाध्यक्षहरुले १० हजारको दरले रकम जम्मा गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासीनिले बताए । सिद्धार्थनगरमा १३ वटा वडा रहेका छन् । सिद्धार्थनगरको बिहीबारको नगर कार्यपालिकाको बैठकले कोरोना भाइरस नियन्त्रण राहत कोष स्थापना गरेको थियो । उक्त कोषमा नगरले यसअघि नै ११ लाख ५१ ह्जार जम्मा गरिसकेको छ । लकडाउनको कारण खाद्यान्न, तरीकारीमा देखिएको अभावलाई मध्यनजर गर्दै नगरले वडा कार्यलयको समन्वयमा टोल स्तरमा अत्यावश्यक बस्तुको प्रबन्ध मिलाउने तयारी गरेको छ ।

यसैगरी बिहान बेलुका हातमुख जोहो गर्न नसक्ने परिवार तथा ज्यालादारीमा काम गर्ने श्रमीकहरुको लगत संकलनको काम शुरु भएकोले वडाका सबै जनप्रतिनिधी , राजनैतिक दल र नागरिक अगुवालाई त्यस्तो व्यक्ति पहिचान भएमा तत्काल नगरको प्रमुख उपप्रमुखलाई सम्पर्क गर्न आग्रह समेत गरिएको छ । नगरपालिकाले समाजसेवी कृष्ण प्रसाद न्यौपाने, नारयण प्रसाद अग्रवाल सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, उद्योग व्यपार संगठनका अध्यक्ष नारयाण प्रसाद भन्डारी, बैंकर्स एशोसियसनका अध्यक्ष रामराज उपाध्यय सहितको श्रमीककोलागि अत्यावश्यक खाद्यान्न व्यवस्थापन सहयोग समिती समेत गठन गरेको छ ।

सिद्धार्थनगरपालिकामा लकडाउनको प्रभाब पुर्ण रुपमा परेको छ । जसको कारण सडकमा सवारी साधन तथा मान्छेहरुको आवतजावत ठप्प भएको छ । लुम्बिनी प्रवेशद्वार भैरहवामा नगरपालिकाको सक्रियतामा शैक्षिक तालिम केन्द्रमा आइसोलेशन निर्माण भएको छ । भीम अस्पतालमा विशेष कोरोना उपचार केन्द्र बनिरहेको छ भने युसीएमएसमा डब्लु एचओको मापदन्ड अनुसार ज्वरो मापन केन्द्र सन्चालनमा छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सितगंगा ५ को वडाध्यक्षमा कांग्रेसका बेल्बासे निर्वाचित २२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल विजयी उम्मेदवारको मृत्युपछि स्थगित तुलसीपुर उपमहानगर-१७ मा मँगलबार मतदान सम्पन्न लुम्बिनीको घोराही उपमहानगरमा एमालेको अग्रता कायमै, ४०११ को मतान्तर रुपन्देहीका ६ वटै नगर उपप्रमुखमा एमाले उम्मेदवार अगाडि रुपन्देहीमा यु-१४ क्रिकेट लिग सुरु : उद्घाटनमा भैरहवा र सैनामैना विजयी बुटवल–६ मा नेपाली कांग्रेसको प्यानल विजयी