ताजा अपडेट »

बुटवल उपमहानगरको अपिल : अत्यावश्यक बाहेक घर बाहिर ननिस्कनुहोस्

सोमबार, १० चैत्र २०७६, १५ : ४३
4 Shares

बुटवल । विश्वव्यापी महाकारीकाे रुपमा फैलिएकाे काेराेना संक्रमणबाट उच्च सतर्कता अपनाउनका लागि बुटवल उपमहानगरपालिकाले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन जनतालाई अपिल गरेकाे छ । महानगरले अत्यावश्यक बाहेर घर बाहिर ननिस्कन र निस्केकाहरुलाई पनि घरमा गएर बस्नका लागि आग्रह गर्दै नगर भित्र माइकिङ गरि जानकारी गराएकाे छ ।

सरकारले काेराेना संक्रमण राेक्नका लागि साेमबारदेखि भारत तथा चिनसँग जाेडिएका सिमा नाकाहरु बन्द गरेकाे छ भने लामाे दुरीका सवारीका साधन नचलाउन आह्वान गरेकाे छ । यसैगरी प्रदेश ५ सरकारकाे साेमबार बसेकाे मन्त्री परिषद बैठकले काेराेना संक्रमण राेक्नका लागि १० कराेड बराबरकाे काेष स्थापना गर्ने निर्णय गरेकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।