ताजा अपडेट »

आज देखि चीन र भारतका सिमानाका बन्द, मालसामान ढुवानी भने नरोकिने

सोमबार, १० चैत्र २०७६, ०९ : २२
10 Shares

काठमाडौँ । आजदेखि एक साताका लागि भारत र चीनसँगका सबै नाका बन्द भएका छन् । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले एक साताका लागि दुबै देशका सीमा नाका बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । तर ढुवानीलगायत समान आयात भने नरोकिने उनले बताए ।

भारतबाट धेरै संख्यामा नेपाली घर फर्किन थालेपछि कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारको आलोचना भएको थिया थियो । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै चार घण्टा बसेको मन्त्रिपरिषद् बैठकले नाका बन्दको निर्णय गरेको हो। नाका भएका जिल्लालाई गृह मन्त्रालयले परिपत्रसमेत गरेको छ। विश्व स्वास्थ्य संगठनले नेपाल–भारत सीमा नाका बन्द गराउन नेपाललाई सुझाव दिँदै आएको थियो। बैठकले प्रधानमन्त्री कार्यालयले व्यवस्थापन गर्ने गरी केन्द्रीय कोष खडा गर्ने निर्णय गरेको छ। कोषमा सरकारले ५० करोड राख्ने र मन्त्रीहरूले एक महिनाको तलब योगदान गर्ने एक मन्त्रीले बताए । कोषमा सहयोगका लागि सरकारले आह्वान गर्ने निर्णय भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।