ताजा अपडेट »

वीरगन्जका उद्योगी रुगंटामा कारोना नभएको पुष्टि

सोमबार, १० चैत्र २०७६, ०७ : १८
10 Shares

वीरगन्ज । भारतको बिहारस्थित पटनाको ‘पटना मेडिकल कलेज अस्पताल’ (पीएमसीएच) मा उपचाररत वीरगन्जका उद्योगी शिवकुमार रुंगटाको कोरोना परिक्षणमा नतिजा ‘नेगेटिभ’आएको छ।

यसअघि अस्पतालका चिकित्सकले उनमा कोरोनाको आशंका रहेको बताए पनि केहि संचार माध्ययमले आतंक फैलाउँदै कोरोनाको पुष्टि भएको समाचार प्रशारण गरेपछि सन्त्रास फैलिएको थियो । पटनास्थित ‘राजेन्द्र मेमोरियल रिसर्च इन्सिट्युट अफ मेडिकल साइन्स’को रिपोर्टमा ‘नेगेटिभ’ रहेको जनाइएको छ।

‘अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ।’ रुंगटा सिकिस्त भएपछि ४ दिन अगाडि भारतको पटनामा उपचारका लागि लगिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।