ताजा अपडेट »

गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजद्वारा मास्क वितरण

आइतबार, ०९ चैत्र २०७६, २० : २६
4 Shares

बुटवल । गुल्मी मालिका गाउँपालिका ४ अर्खाबाङ्ग- रुपन्देही सम्पर्क समाजले जनचेतना अभियान अन्तर्गत निःशुल्क माक्स वितरण गरेको छ ।

सम्पर्क समाजले आइतबार बुटवलको ट्राफिक चोकमा विश्वभरी महामारिको रुपमा देखा परेको कोरोना भाइरस (कोभिड -१९)को नियन्त्रणमा नागरिकलाई सचेत गराउनका लागि भन्दै ५०० जनालाई मास्क वितरण गरेको सम्पर्क समाजका उपाध्यक्ष प्रेमबहादुर अर्यालले जानकारी दिए । नेपाल पनि कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेकाले रोकथाम गर्न नागरिकलाई सचेत गराउनका लागि मास्क वितरण गरिको समाजका अध्यक्ष विरेन्द्र अर्यालले बताए । आगमी दिनमा पनि कोरोना नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने अध्यक्ष अर्यालले बताए ।

कार्यक्रममा समाजका अध्यक्ष विरेन्द्र अर्याल , उपाध्यक्ष प्रेमबहादुर अर्याल, सचिव उपेन्द्र अर्याल, सह– सचिव टेकराज रेग्मी, कोषाध्यक्ष राजेन्द्र अर्याल, सल्लाहकारहरु उमेश रेग्मी, पिताम्बर अर्याल र राजु अर्याल लगायतको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।