ताजा अपडेट »

कोरोनाको त्रास: आपतकालिन उद्दारका लागि तुलसीपुरमा टोल फ्रि नम्बर सञ्चालन

आइतबार, ०९ चैत्र २०७६, १८ : ५४
10 Shares

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले कोरोना संक्रमणको प्रकोपलाई लक्षित गरेर आपतकालिन उद्दारका लागि पैसा नलाग्ने टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । कोरोनाका लक्षण कहिकतै देखिएमा या अन्य कुनै पनि खालको सहयोगका लागि तत्काल सम्वोधन गर्नका लागि यस्तो नम्बर सञ्चालनमा ल्याइएको हो ।

१६६०८२५२००० मा सम्पर्क गरेर तुलसीपुरमा रहेका जो कोहीले पनि स्वास्थ्य शाखामा प्रत्यक्ष सम्पर्क गरेर जानकारी राख्न सक्ने प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिएका छन् । उनले कुनै पनि आपतकालिन सेवाका लागि एम्वुलेन्स सहित स्वास्थ्यको टोलि तयारी अवस्थामा रहेको समेत जानकारी दिए । उपमहानगरपालिका स्वास्थ्य शाखाले अमिलिया सडक खण्डको दमारगाउँ टरिगाउँ विमानस्थलमा निरन्तर चेकजाँच गरिरहेको स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।